फिल्म‘तिमी र म’ घोषणा, रोमान्सलाई सुर्या तयार

‘लम्फू’ डेब्यू हिरो कबिर खड्काले आफ्नो दोश्रो प्रोजेक्ट स्वरुप फिल्म ‘तिमी र म’ गर्ने भएका छन् । बुधबार राजधानीमा आयोजित एक अनौपचारिक कार्यक्रमका बीच यो फिल्मको निर्माण घोषणा गरियो ।

पहिलो प्रोजेक्टमा अभिनेत्री मरिस्का पोखरेलसँग स्कृन सेयर गरेका कबिरले यो फिल्ममा डेब्यू गर्ल सुर्या थापासँग अनस्कृन रोमान्स गर्नेछन् । लभस्टोरी जनरालाई लिएर कबिर उत्साहित देखिए । ‘पुर्णतः स्कृप्ट पढिसकेको छु, कबिरले भने, कथावस्तु राम्रो लागेकै कारण प्रोजेक्टमा अनुबन्धता जनाएँ ।’
[brid video=”285716″ player=”13929″ title=”Intu Mintu London Ma Samragyee rl Shah & Dhiraj Magar”]
५ प्रतिशत नेपाल र ९५ प्रतिशत छायाँकन अष्ट्रेलियामा गरिने ‘तिमी र म’ लाई सरद पोखरेल र म्याट विलियन्सले संयुक्त रुपमा निर्देशन गर्नेछन् । कमला पोखरेल, चन्द्रबहादुर खड्का र भुषण पोखरेलको लगानीमा निर्माण हुने फिल्मका अन्य कलाकार छनोट हुने बाँकी छ ।


करिब डेढ करोड बजेटमा बन्ने फिल्मको पटकथा राजेन्द्र महर्जनले लेखेका छन् । पहिलो फिल्मले ब्यवसायिक रुपमा आशआतित सफलता नपाउँदै गर्दा कबिरको कामलाई फिल्म हेर्ने दर्शकले तारिफ गरेका थिए । जनवरीबाट यो फिल्मको छायाँकन सुरु हुने बताइएको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video