किन जङ्गिए पोखरामा प्रदिप

फिल्म ‘रोज’ले पोखरादेखि ‘नेसनल टुर’ को थालनी गरेको छ । विहिबार पोखरामा प्रेसमिट र कन्सर्टको आयोजना गर्दै फिल्मले टुरको सुरुवात गरेको छ । मिडटाउन ग्यालरी हलमा आयोजित संवाददाता सम्मेलनमा कलाकार र गायकले फिल्ममाथि प्रकाश पारे ।

प्रदीप खड्का, मिरुना मगर, परमिता राणा, प्रताप दास लगायत टुरमा सहभागि छन् । आफू पहिलोपटक रोमान्टिक जनरबाट पर हटेर थ्रीलरमा काम गरेकाले दर्शकले भिन्न टेस्टमा प्राप्त गर्ने अभिनेता खड्काले बताए ।

आफ्ना अघिल्ला फिल्म पोखरेली सिनेमा घरमा राम्रो चलेकाले रोजलाई पनि स्थानीय दर्शकले माया गर्ने विश्वास उनले व्यक्त गरे । राम्रा फिल्मलाई निःशुल्क गर्न तयार भएको भन्दै प्रदीपले पैसाको पछि मात्र लाग्ने आरोप अस्वीकार गरे ।
[brid video=”285716″ player=”13929″ title=”Intu Mintu London Ma Samragyee rl Shah & Dhiraj Magar”]
अभिनेत्री परमिताले आफ्नो जीवनको नजिक पात्रको भूमिकामा आफूले अभिनय गरेको बताइन् । ‘कतै न कतै मेरो जीवनको नजिक मुख्य पात्र भएकाले मलाई काम गर्दा सजिलो र इन्टिमेट महसुस भयो’ राणाले सोधिएका प्रश्नको जवाफ दिइन् ।

अभिनेत्री मिरुना मगरले प्रदीपसँग काम गर्दा केमेस्ट्री निर्माण भएको बताउँदै आफूले उनलाई सरल र यथार्थवादी व्यक्तिको रुपमा लिएको बताइन् । गायक प्रताप दासले फिल्मको चर्चित गीत फूल हैन…गीत गाएर सुनाए ।

टुर पोखरा, बुटवल, नारायणगढ, धरान, इटहरीदेखि बिर्तामोड पुगेर टुंगिनेछ । नीरक पौडेल निर्देशित फिल्मलाई गोपिकृष्ण मूभिज र आरोही इन्टरटेनमेन्टले निर्माण गरेका हुन् ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video