‘नाइँ नभन्नू ल–५’ को क्रेज बढिरहेकाबेला हल छिर्यो ‘मेरी मामु’, रोमाञ्चक भिडन्तको अनुमान

सुत्र इन्टरटेन्मेन्ट : –सन्तोष सेन निर्मित बहुप्रतिक्षित फिल्म ‘मेरी मामु’ आजदेखि प्रदर्शनमा आएको छ । सफल फिल्म ‘प्रेमगीत’ का निर्माता समेत रहेका सन्तोषले निर्माण गरेको फिल्म गत हप्ताबाट प्रदर्शनमा आएको फिल्म ‘नाइँ नभन्नू ल–५’ सँग भिड्दैछ । ‘नाइँ नभन्नू ल–५’ प्रदर्शनमा आएदेखि चर्चा परिचर्चा र प्रशंसा बटुल्दैछ तथा दर्शक झन भन्दा झन बढाउदै गैरहेकाबेला ‘मेरी मामु’ जस्तो प्रतिक्षित फिल्म प्रदर्शनमा आउनु दुबैका लागि चुनौती मान्न सकिन्छ । मौखिक प्रचारबाटै ‘नाइँ नभन्नू ल–५’ ले उल्लेख्य दर्शक बढाउदै तथा व्यवसाय पनि बढाउदै जाने देखिन्छ ।

‘नाइँ नभन्नू ल–५’ ले बर्चस्व कायम गरिरहेकाबेला प्रदर्शनमा आएको ‘मेरी मामु’ लाई दर्शक तान्न निकै सकस पर्ने देखिन्छ । यद्यपि, निर्माण टिमले मोफसल प्रचार आक्रामक भएकाले यस फिल्मको इनिसियल व्यापार सुखद निस्कन्छ भन्नेमा विस्वस्त छ । निर्माताले फिल्मको प्रचारका लागि ३० लाख बढी खर्च गरेका छन् । तर, ‘नाइँ नभन्नू ल–५’ ले प्रचार प्रसारको कुनै फण्डा नगर्ने यसअघि बताएको थियो । साँच्चै भन्ने हो भने ‘मेरी मामु’ को तुलनामा प्रचार प्रसारमा उसले खर्चै गेको छैन । निर्माता सेनले ‘मेरी मामु’ का मुख्य कलाकार समेत रहेका आफ्नो छोरा आयुवको जन्मदिनको अवसर पारेर फिल्म प्रदर्शनमा ल्याएका हुन् । यो फिल्म उनका ६ वर्षे छोरा आयुवको डेब्यु फिल्म पनि हो । बाल मनोविज्ञानमा आधारित यस फिल्मले आमा र छोराबीचको दूरी र आत्मीयताको कथा समेटिएको बताईएको छ ।

यम थापा निर्देशित ‘मेरी मामु’ मा कुसुम गुरुङ, शारुक ताम्राकार, अश्लेषा ठकुरीलगायतका कलाकाहरुको अभिनय छ । यम थापा कै कथा रहेको फिल्म ‘मेरी मामु’ मा नाम चलेका कोही कलाकार छैनन् । अभिनेता सारुकले यसअघि ‘रानी’ फिल्म गरेपनि त्यसले उनलाई अभिनेताको रुपमा चिनाउन मद्दत गरेन । निर्माता सन्तोष भन्छन्, ‘फिल्म स्टारका कारण भन्दा पनि कन्टेन्टले चल्ने हो, स्टार त कन्टेन्टले बनाउने कुरा हो ।’ अश्लेषा ‘प्रेमगीत २’ की अभिनेत्री हुन् । यो फिल्मले उनलाई धेरथोर परिचित गराएपनि उनले हलसम्म दर्शक तान्न सक्ने क्रेज बनाइसकेकी छैनन् ।

 

सुन्दरताका कारण चर्चामा रहेकी अभिनेत्री कुसुमको पनि यो डेब्यु फिल्म हो । यसकारण फिल्मको इनिसियल व्यापारमा आक्रामक प्रचारको प्रभाव देखिन सक्ने अनुमान गरिएको छ । यो फिल्मलाई नेपालकै सर्वाधिक ठूलो र स्तरीय मल्टिप्लेक्स च्यानल क्यूएफएक्सले शुक्रवारलाई ९ शोज बाँडेको छ । यो स्टार कलाकारको फिल्मले पाउने शोज हो । शनिवारका लागि १३ शोज पाएको उक्त फिल्मलाई विग मुभिजमा ३ शोज, विएसआर मुभिजले ४ शोज, एफक्यूबले २ शोज, सिने डि चिफले ३ शोज उपलब्ध गराएको छ । ‘मेरी मामु’ ले ६० बढी सिंगल थिएटरमा आफ्नो उपस्थिति जनाएको बताइएको छ । यद्यपि, विना स्टारको फिल्मले मल्टिप्लेक्समा यति धेरै संख्यामा शोज पाउनु आफैमा सुखद पक्ष भने पक्कै हो ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video