बानेश्वरको सडकमा भेटिए यस्ता ‘भेट्रान’ गायक, गाएरै पढाई खर्च जुटाउने यस्तो छ बाध्यता (भिडियो)

सुत्रइन्टरटेन्मेन्टः– काठमाडौंको मुटु मानिएको नयाँ बानेश्वरमा अदभुत कलाका खानी सुलभ मिश्र भेटिएका छन् । उनले आफ्नो गलाको कलामार्फत आफ्नो मिहिनेत प्रदर्शन गरेर आफ्नो पढाई खर्च जुटाउने गरेका छन् । चितवन स्थायी घर भएका सुलभले आफ्नो पढाई खर्च जुटाउनलाई बानेश्वरमा गीतारको साहायताले आफ्नो प्रस्तुति प्रस्तुत गरेर केही रकम आय–आर्जन गरेर आफ्नो पढाई धान्दै आएका छन् । अहिले न्यु समिट कलेजमा प्लस टु अध्यन गर्दै आएका सुलभले बाबु आमा इन्डियातिर भएपछि आर्थिक अभावका कारण यसरी सडकमा गीत गाएर आर्थिक संकलन गर्दै आएको बताए ।

उनले वेष्ट्रन कलाकारहरुले बाटोमा यसरी गाउने गरे पनि हाम्रो नेपालमा यस्तो चलन नभएकाले आफूले यस्तो अभियान थालेको बताए । उनले गीतार बजाउदै दर्शकलाई गीत संगीत सुनाउने गर्छन । दर्शकले पनि सुलभका गीत सुनेर रमाइलो मान्दै उनलाई सकेजतिको आर्थिक सहयोग गर्ने गर्छन् ।

भिडियो हेर्नुसः

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video