‘ए मेरो हजुर ३’ को मुहूर्त सम्पन्न, अनमोलसँग ‘स्कृन सेयर’ गर्दै झरना पुत्री सुहानी

सुत्रइन्टरटेन्मेन्टः–अभिनेत्री तथा निर्देशक झरना थापाको निर्देशनमा निर्माण हुने फिल्ममा सुपरस्टार अनमोल केसीले अभिनेत्री झरना थापाकी छोरी सुहाना थापाले ‘स्कृन सेयर’ गर्ने टुंगो लागेको छ । शनिवार दिउँसो फिल्म ‘ए मेरो हजुर ३’ को पोखराको विन्दावासिनी मन्दिरमा गरिएको हो । फिल्मको मुहूर्त समारोहमा अनमोल र सुहाना दुबैले मुहूर्त सट पनि दिएका थिए ।

सुनिल कुमार थापाको निर्माणमा बन्न लागेको यो फिल्मको झरनाले निर्देशन गर्दैछिन् । उनको निर्देशनमा बन्न लागेको यो दोस्रो फिल्म हो । केही हप्ता भित्रै फिल्म फ्लोरमा जाने निर्देशक थापाले जानकारी दिइन् ।
झरना पुत्री सुहानाका लागि यो डेब्यु फिल्म हो । उनले आफ्नो लागि यो फिल्मले निकै उत्साह थपिएको प्रतिक्रिय दिईन् । त्यस्तै नायक अनमोलले पहिलो पटक स्टार किड्ससँग काम गर्न पाएकोमा खुसी व्यक्त गरे । ‘ए मेरो हजुर ३’ को निर्माण घोषणाकै दिन आउदो चैत २९ गतेलाई फिल्म रिलिज डेट घोषाणा गरिएको छ ।

‘क्याप्टेन’ को छायांकन भर्खरै सकिएका कारण यतिबेला अनमोल खाली छन् । यही बीचमा फिल्मको सुटिङ सुरु गर्ने निर्माण टिमको तयारी छ । अबको केही दिनमा अनमोल र सुहानाले वर्कशप ज्वाइन गर्दैछन् ।

सुहाना इन्टरटेन्मेन्टको ब्यानरमा बन्न लागेको यो फिल्म रोमान्टिक लभस्टोरी जानरामा निर्माण हुने उक्त फिल्म हो । निर्माण टिमले जनाएको छ । गएको वर्ष प्रदर्शनमा आएको ‘ए मेरो हजुर’ अब आफैंमा एक ब्रान्ड भइसकेको छ । यसअघि निर्माण तथा प्रदर्शन भएको यो फिल्मको दोस्रो सिरिजमा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र अभिनेता सलिनमान बनियाँ मुख्य रोलमा देखिएका थिए ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video