‘चौका दाउ’ को पहिलो गीत सार्वजनिक, बर्षालाई ‘राधा पियारी’ भन्दै सन्तोष पन्तदेखि तक्मेसम्मको मरिहत्ते (भिडियो हेर्नुस)

सुत्रइन्टरटेन्मेनटः– सौर्यजित बाँस्कोटा र मनोज राजभण्डारीद्वयले निर्माण गरेको फिल्म ‘चौका दाउ’ को पहिलो गीत इन्टरनेटमार्फत सार्वजनिक गरिएको छ । बहुसंख्यक हास्यकलाकारहरुको बाहुल्यता रहेको फिल्मको ‘राधा पियारी’ बोलको गीत सार्वजनिक भएको हो । सार्वजनिक गीतमा चर्चित संगीतकार तथा गायक शम्भुजित बाँस्कोटा स्वर तथा संगीत रहेको छ । उनलाई गायनमा कोमल राजभण्डारीले साथ दिएकी छिन् भने श्रीपुरुष ढकाल र दयाराम पाण्डेको शब्द कोरेका छन् । उक्त गीतको भिडियोमा फिल्मका मुख्य कलाकार सबै फिचर्ड छन् ।

कलाकारहरु विल्सन विक्रम राई, सन्तोष पन्त, रविन्द्र झा अभिनेत्री बर्षा राउतलाई ‘राधा पियारी’ भन्दै पछि परेका छन् । उक्त गीतमा बर्षाका लागि मरिहत्ते गर्ने युवा र अर्धबैशे पुरुष पात्रहरुको चरित्र देखाउने कोशिस गरिएको छ ।

निर्देशक पुर्नेन्दु झाका अनुसार लोक फ्लेवरमा तयार पारिएको गीतले फिल्मको मूल कथा नै प्रष्ट पार्ने प्रयास गरेको छ । फिल्ममा संगीतकार बाँस्कोटाको कथा छ । त्यस्तै, तैयव शाह, निर्मल शर्मालगायतका कलाकारहरुको पनि अभिनय छ ।
भिमफेदी ग्याइजको कोरियोग्राफी र मित्र डि.गुरुङको सम्पादन रहेको फिल्मलाई दिर्घ गुरुङले खिचेको हुन ।
गीत हेर्नुसः

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video