रिलिज पुर्व विवादमा फस्ने क्रममा बलिउडको अर्को फिल्म पुन विवादमा

बलिउड रिलिज हुनु भन्दा पहिलानै विवादमा फस्ने क्रममा अहिले पुर्न अभिनेत्री कंगना रनौटको फिल्म मणिकर्णिका विवादमा फसेको छ । अधिकांस बलिउड फिल्महरु अहिले कहिले रिलिज डेट त कहिले स्टार कास्टका कारण विवादमा फस्ने गरेका छन् । भने कंगनाको सो फिल्म पनि यसै अन्तरगत परेको छ ।

पछिल्लो पटक फिल्म बिचैमा छोडेका अभिनेता सोनु सुदले फिल्मकी सहायक निर्देशक तथा अभिनेत्री कंगना रनौटमाथि लगाएको आरोपले अहिले बलिउड निकै तातिएको छ ।

हालै कंगनाले सोनु सुदले महिला निर्देशकसँग काम गर्न अप्ठ्यारोमा माने गरेको बताएकी थिइन् । कंगनाको यो भनाईको जवाफ दिँदै सोनु सुदले कंगनामाथि कडा टिप्पणी गर्दै उनले भनेका छन्, ‘मणिकर्णिकाकाृ टीमलाई बेस्ट अफ लक भन्न चाहन्छु । कंगना मेरी राम्री साथी हुन् र रहनेछिन् । तर उनी लगातार मसँग वुमेन कार्ड, भिक्टिम कार्ड खेलिरहेकी छन् । यो गलत हो ।’

[brid video=”285716″ player=”13929″ title=”Intu Mintu London Ma Samragyee rl Shah & Dhiraj Magar”]

सोनु सुदले फिल्मको निर्देशकमा जेन्डर इस्यू नहुने बताएका छन् । उनले आफूले फराह खानसँग काम गरेको उदाहरण दिँदै जेन्डर भन्दा पनि क्षमतामा भर पर्ने समेत बताए ।

फिल्मबाट सोनु बाहिरिएको र अब उनि रहेका दृश्य फेरि शुट हुने कंगनाले बताएकी छिन । उनले सोनुले समय दिन नसक्नुका साथै महिला निर्देशक संग काम गर्न नरुचाउने समेत् उनले बताएकी छिन ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video