गौरा पर्व मनाउँदा दर्शकबाट यसरी घेरिए पूजा र आकाश

भदौ २२ बाट प्रर्दशन आउने तयारीमा रहेको फिल्म ‘रामकहानी’ अहिले प्रचार प्रसारमा निकै व्यस्त रहेको छ । यसै क्रममा आज राजधानी टुडिखेलमा आयोजित गौरा पर्व शुभकामना आदानप्रदान कार्यक्रम सम्म भएको छ । सपन्न कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा , भिम रावल , लेखराज भट्ट लगाएत धेरै सुदूरपश्चिम नेताहरु देखि लिएर फिल्म ‘रामकहानी’का निर्माण टिम समेतको उपस्थिति रहेको थियो।

टुडिखेलमा आयोजित गौरा पर्व शुभकामना आदानप्रदान कार्यक्रममा शुभकामना सुवेक्षाका साथै दौडा नाचको समेत आयोजना रहेको थियो । आयोजित कार्यक्रममा नेपालका पुर्व प्रधानमन्त्री शेरबहादुर देउवा लगाएत फिल्म ‘रामकहानी ‘का अभिनेत्री पूजा शर्मा , अभिनेता आकाश श्रेष्ठ , जितु नेपाल , राजाराम पौडेल लगाएतले दौडा नुर्त्य गर्दै फिल्म ‘ रामकहानी’ को प्रचार समेत गरेका थिए ।

ट्रेलर र गीत अत्यधिक रुचाइएको फिल्म ‘रामकहानी’प्रर्दशन मिती नजिकिए संगै फिल्म निर्माण टिम प्रचारप्रसार निकै जुटेको देखिन्छन । यसको उदहारण हो आज नेपाली कांग्रेसबाट आयोजित गौरा पर्व शुभकामना आदानप्रदान कार्यक्रम । जहाँ फिल्म ‘ रामकहानी’का निर्माण टिमको समेत उपस्थिति रहेको थियो यसबाट यो प्रष्ट हुन जान्छकि फिल्म निर्माण टिम प्राचारप्रसारमा कति लागेको छ ।

बाकि भिडियोमा हेर्नुहोस:

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video