पोखरामा फिल्म मेकीङ्ग वर्कशप हुँदै

फिल्मलेखन र निर्माण सम्बन्धी शैक्षिककार्यक्रमलिएर देश दौडाहामा रहेको कान्तिपुर फिल्म एकेडेमीको एक हप्ते फिल्म मेकीङ्गवर्कशपयहीभाद्र २४ गते देखी २९ गते सम्मपर्यटकीय सुन्दर नगरी पोखरामाहुने भएको छ । यो भन्दा अगाडी पोखरामाफिल्म सुटीङ्ग, फिल्म फेस्टीबल, अवार्ड कार्यक्रमतथाफिल्म कम्पीटीसनहरु हुदै आइरहे पनी यो प्रकारको चलचित्र सम्बन्धी शैक्षिककार्यक्रम सम्भवतपहिलो पटक हुनलागेको हो ।

पछिल्लो समय फिल्मनिर्माण र प्रदर्शन सम्बन्धीसर्ट फिल्म, डकुमेन्ट्री फिल्म, वेभ सिरीज, म्युजिक भिडीयो, टेलिभीजनकार्यक्रम, युट्युवप्रोग्राम, कमर्सीयल भिडीयो लगायतकाप्लेटफर्ममापनी राम्रो करियर र कमाई देखीनथालेपछी युवा पुस्तामाफिल्म मेकीङ्गमाथपचासो बढेकोपाईएको छ ।
तर कतीपय ईन्डीपेन्डेन्ट न्यूफिल्म मेकरहरु रुची र कन्सेप्ट भएर पनीफिल्मनिर्माण सम्बन्धी शैद्धान्तीक तथाप्राविधीक ज्ञान नहुनाले कामगर्न नसकीरहेको समस्यालाई मध्यनजर गर्दै यो प्रकारको शैक्षिकअभियान सुरु गरिएको कान्तिपुर फिल्म एकेडेमीकासिइओ प्रकाश पुरीले बताए ।
पुर्वको विर्तामोडबाट सुरु भएको वर्कशप ईटहरी, हेटौडा, दाङ्ग, नारायणघाट पछी पोखरामाहुनलागेको हो । पोखरा पछी पनी बुटवल, नेपालगञ्जहुदै धनगढीमा पुगेर वर्कशप सकीने बताइएको छ ।
[brid video=”284273″ player=”13929″ title=”Anubhab Sedrina Nai Nabhannu La 5″]
मुख्यतयावर्कशपफोटोग्राफी, सिनेमाटोग्राफी, स्कृप्ट राईटीङ्ग, डाईरेक्सन र फिल्मनिर्माणमा केन्द्रितहुनेछ । पोखरामाहुनलागेको उक्तवर्कशपको लागीहाईवे तथाकालो पोथीका राइटर अविनास बिक्रमशाह, हिफाजत, अन्दाज, दशगजा, मंगलमलगायतदर्जनौ फिल्मकासिनेम्याटोग्राफर बिष्णु कल्पित घिमिरे र कान्तिपुर फिल्म एकेडेमीकासिईओ प्रकाश पुरीले प्रशिक्षण दिनेछन र वर्कशपमा सहभागीविद्यार्थीहरुलाई हौसलातथाप्रोत्साहनको लागीकलाकार दिपकराजगिरी पनीजाने भएका छन् ।

चलचित्र सम्बन्धी ईच्छा भएका र सिक्नचाहने जो कोहीले पनीवर्कशपमा सहभागीहुन सक्नेछन् । यस्ता प्रकारको वर्कशपले नया पुस्तालाई फिल्म मेकीङ्गमाप्रोत्साहनगर्ने र उनिहरुको काममाप्रत्यक्ष असर देखीने गरेको पुरीे बताए ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video