‘महाभारत’मा प्रभास

आमिर खानले रिलाइन्स कम्पनीका मालिक मुकेश अम्बानीसँग मिलेर बनाउन लागेको महाभारतले एतिबेला बलिउडलाई निकै तताएको छ । ३ भागमा बन्ने फिल्मका लागि मुकेशले १ हजार करोड भारु लगानी गर्ने भएको छ । यो विषयमा दुई पक्षबीच हालै सम्झौता भएको छ ।

सम्झौताअनुसार आमिरले मुनाफाको ७० प्रतिशत लिने छन् । सम्झौता लगत्तै आमिर कलाकारहरुको चयनमा जुटेका छन् । जसमा ‘बाहुबली’ बाट ख्याति कमाएका अभिनेता प्रभासलाई आमिरले ‘महाभारत’ का लागि अफर गरेको समाचार बाहिरिएको छ ।

तर कुन भूमिकाका लागि उनले अफर गरेका हुन् भन्ने चाहिँ खुलासा भएको छैन । तथापी प्रभासले भने महाभारत खेल्ने मनसाय बनाएको बताइृएको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video