२५ वर्ष पछी पुर्व जोडी माधुरी दीक्ष‍ित र सञ्जय दत्तको रोमान्स

बलिउडका चर्चित अभिनेत्री माधुरी दीक्ष‍ित र अभिनेता सञ्जय दत्त २५ वर्षपछि संगै फिल्ममा देखिने भएका छन् । यी दुई करण जोहरको फिल्म ‘कलंक’ मा एकसाथ देखिने भएका हुन् । फिल्ममा यी दुई पुर्व जोडी अर्थात पुर्व प्रेमी प्रेमिका संगै भएता पनि स्किन शेयर भने नगर्ने भनिएको थियो ।

जसको कारण यी दुईका फ्यानले मन दुखाएका थिए । तर हालै भारतीय मिडियामा मार्फत यी दुवैले सँगै शूत गरेको खबर बाहिरिएको छ । जसले गर्दा यी दुईका फ्यानहरु अहिले निकै हर्षित समेत बनेका छन् । यी दुईले १९९० को दशकमा फिल्म ‘खत्रो का खिलाडी (१९८८) ,कौन अपना अपना (१९८९) , साजन(१९९१) , खलनायक(१९९३)लगाएतका विभिन्न फिल्महरुमा एकसाथ काम गरेका थिए ।

फिल्म ‘कलंक’मा यी दुईका अलावा वरुण धवन र आलिया भट्टको पनि अभिनय रहेको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video