आनाको बोल्ड अवतारमा फिल्म ‘द म्यान फ्रम काठमाण्डू’ को ट्रेलर सार्वजनिक

फिल्म ‘द म्यान फ्रम काठमाण्डू’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । हिजो फिल्म निर्माण टिमले युटूर्ब मार्फत फिल्मको ट्रेलर सार्वजनिक गरेको हो  । ‘द म्यान फ्रम काठमाण्डू’ नेपालमा निर्मित पहिलो अंग्रेजी फिल्म हो ।

सार्वजनिक २ मिनेट ३१ सेकेन्डको ट्रेलरमा अभिनेत्री आना निकै बोल्ड अवतारमा देखिएकी छिन । भने यो फिल्ममा अमेरिका र नेपालको दृश्यलाई  समेटिएको छ ।

फिल्मलाई  धोन्डुपले निर्देशन गरेका हुन् । फिल्ममा कार्लोस मेडिनाको छायांकन, एरिक कारखेकको सम्पादन तथा हरि पिलाइको ध्वनी रहेको छ । फिल्ममा आनाका अलावा जोसे म्यानुअल, गुल्सन ग्रोवर, हमिद शेख, नीर शाह, शिशिर बाङ्देल, कर्म शाक्य, आमिर गौतम लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
हेर्नुहोस ट्रेलर;

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video