२० लाखमा आइमार्स् मोबाइलको ब्राण्ड एम्वेस्डर बने अनमोल

नेपाली सिने जगतमा अत्याधिक रुचाइएको अभिनेता हुन् अनमोल केसी । अनमोल संग सहकार्य गर्न हरकोही अभिनेत्री , निर्माता देखि लिएर कुनै पनि कम्पनिका ब्राण्ड एम्वेस्डर बनाउनका लागि कम्पनिका संचालक पनि निकै उत्साहित देखिने गर्दछन । चकलेटी नायक भनेर चिनिने यिनी अहिलेसम्मका सबै भन्दा महंगा र सर्वाधिक डिमान्ड भएका अभिनेता हुन् । जसलाई हतपत कहिँ भेट्न अनि देख्न पनि मानिसलाइ निकै गारो पर्ने गर्दछ ।

यसै क्रममा अहिले यिनी एक मोवाइल कम्पनिका ब्राण्ड एम्वेस्डर बनेका छन् । सर्वाधिक महंगा अभिनेता अनमोल केसीले यो मोबाईल कम्पनीको ब्राण्ड एम्वेस्डर हुनका लागि कति रकम लिए भनेर खुलासा नगरेता पनि प्राप्त जानकारी अनुसार, अनमोलले २० लाख नेपाली रुपैयाँ लिएर आइमार्स् मोबाइलको नेपालको लागी ब्राण्ड एम्वेस्डर बनेका हुन् ।

सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उक्त मोबाइल पहिलो पटक नेपालमा लञ्च गरिएको छ । ओपल मल्टिनेशनल प्रा.लि.को आधिकारिक वितरण मार्फत नेपाली बजारमा आउन लागेको सो मोबाइल आम मानिस बीच भने दशै पछि मात्र आउने छ । भने अनमोल एक बर्षको लागी यो मोबाइलको सद्भावना राजदुत रहने छन् ।

यो पनि हेर्नुहोस:

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video