अनमोलले पाए नयाँ हिरोइन्, रोमान्सलाई उकुशा तयार !

फिल्म ‘ब्याचलर बन्टी’ बन्ने भएको छ । राजधानी स्थित एक कार्यक्रमको आयोजना गर्दै फिल्म निर्माण टिमले ‘ब्याचलर बन्टी’ बन्ने औपचारिक घोषणा गरेको हो ।

सुदिप खड्का प्रोडक्सन र चाम्स इम्टरटेमेन्टको ब्यानरमा बन्न लागेको फिल्म ‘ब्याचलर बन्टी’लाई निर्देशक मिलन चाम्सले निर्देशन गर्दै छन् भने फिल्ममा सुदिप खड्का निर्माताका रुपमा रहेका छन् । कमेडी तथा लभस्टोरीमा आधारित रहेर बन्न लागेको फिल्म ‘ब्याचलर बन्टी’को छायांकन यहि दशैं पछाडिबाट युरोका विभिन्न ठाँउहरुमा हुदैछ ।

फिल्ममा अभिनेता अमोल केसी लिड रोलमा रहेका छन् । भने उनको अपोजिटमा नव नायिका उकुशा गिरि अनुबन्धित भएकी छिन । उनले मिस एसिया नेपाल (बेस्ट पसर्नालिटी), मिस एसिया (मिस ब्युटीफूल आइज), मिस एसिया २०१७ की विजेता समेत रहेकी उकुसाले थुप्रै र्याम्प शो, पेपर एड लगायतका थुप्रै ब्राण्डका विज्ञापनमा काम गरिसकेकी छिन् ।  फिल्मका अन्य कलाकारहरुको घोषणा भने केहि समय पछि हुनेछ  ।


भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video