वर्षकै सुपर हिट फिल्म ‘ नाइँ नभन्नु ल ५’ को ‘यी आखाँमा तिमी छौ ‘ सार्वजनिक

यस बर्षकै सबै भन्दा उत्कृष्ट बन्न सफल फिल्म ‘ नाइँ नभन्नु ल ५’ को अर्को गीत सार्वजनिक भएको छ । फिल्म प्रर्दशनमा आएको एक साता पछाडि फिल्म निर्माण टिमले ‘यी आखाँमा तिमी छौ ‘बोलको गीत सार्वजनिक गरेको हो ।

‘नाईं नभन्नू ल २’ मा अत्याधिक रुचाइएको ‘यी आखाँमा तिमी छौ’बोलको गीत फिल्म ‘नाईं नभन्नू ल’ को पाँचौ सिरिजमा पनि राखिएको हो । जसमा अनुभव र सेड्रिना शर्माको फिचर रहेको छ । भने गीतमा बसन्त सापकोटाको संगीत , मेलिना राईले स्वर तथा शब्द कृष्ण हरी बरालले लेखेका रहेको छ ।

विकासराज आचार्य निर्देशित यो वर्षकै सुपर हिट फिल्म बन्न सफल भएको छ । फिल्ममा प्रियंका कार्की, निरुता सिंह, केकी अधिकारी, स्वस्तिमा खड्का, दीलिप रायमाझी , अभिषेक नेपाल लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video