८ वर्षपछि सँगै देखिदै अभिषेक र ऐश्वर्या

आठ वर्ष अगाडि अभिषेक बच्चन र ऐश्वर्या रायले अभिनय गरेको फिल्म ‘रावण’ फ्लप भए पछी यी दुइलाई फिल्ममा सँगै देखिएको थिएन । श्रीमान-श्रीमतीलाई एउटै फिल्ममा हिरो-हिरोइन बनाउदा फिल्मप्रति दर्शकहरुको क्रेज घट्ने भन्दै बलिउडका निर्माता निर्देशकहरु हिच्किचाउने गर्छन् । तर, अब चाँडै फिल्म ‘गुलाब जामुन’ मा यी रियल लाइफ जोडी पर्दामा सँगै देखिने भएका छन् ।

यति बेला ऐश्वर्याको फिल्म ‘फन्ने खाँ’ प्रदर्शनको तयारीमा छ भने अभिषेकको फिल्म ‘मनमर्जिया’ पनि निर्माणको अन्तिम चरणमा पुगेको छ ।
अब भने यी दुवैजना ‘गुलाब जामुन’ मा ब्यस्त हुनेछन् ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video