भाईरल बन्दै ट्रेनको झ्यालबाट चुम्बन गरिरहेको फोटो

महेश भट्टको नयाँ फिल्म ‘जलेबी’ को पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा ट्रेनको झ्यालबाट निहुरिएकी प्रेमिकालाई ट्रेन बाहिर उभिएका प्रेमीको चुम्बन गरिरहेको र नजिकैका दुई झ्यालबाट मानिसहरुले हेरिरहेको देखाइएको छ ।

पोस्टरलाई महेश आफैंले ट्वीट मार्फत सार्वजनिक गरेका छन् । जसमा उनले लेखेका छन्, ‘परिवर्तनशील यो दुनियाँमा जहाँ पुरानो कहानी समाप्त भइसकेको छ तर त्यसको सट्टामा कुनै नयाँ कहानी आएका छैनन् । हामी यहाँ पेश गर्दैछौं एक अमर प्रेम कहानी । यो रह्यो जलेबीको पोस्टर ।’

पोस्टर सार्वजनिक भएलगत्तै यसले सोसल मिडियामा धमाका मच्चाएको छ । केही मानिसहरु उक्त पोष्टरका कारण रिसाइरहेका छन् भने कतिले मिम्ससमेत बनाइरहेका छन् ।भने सार्वजनिक पोस्टरमा मानिसहरुले विभिन्न कमेन्ट गरेका छन् ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video