तीव्र प्रचारप्रसारमा ‘राम कहानी’

भदौ २२ बाट प्रर्दशनमा आउने तयारीमा रहेको फिल्म रामकहानी निर्माण टिम यतिबेला प्रचारप्रसारमा निकै व्यस्त रहेको छ ।
प्रचारप्रसारको विभिन्न विधिहरु अपनाई रहेको फिल्म निर्माण टिमले आजबाट राजधानीको विभिन्न ठाउँहरुमा कन्सर्टको आयोजना गरेको छ । आज कोटेश्वर , लगनखेल हुदैँ रत्नपार्क सम्म कन्सर्टको आयोजना गरेको थियो । भने भोलिको लागी पनि विभिन्न किसिमको प्रचारप्रसार विधि अपनाउने फिल्म निर्मण टिमले जनाएको छ ।

सर्वाधिक रुचाईएको जोडी अन्तरगत पर्ने पूजा र आकाशको जोडी यतिबेला कलिउड क्षेत्रमा निकै रुचाइएको छ । भने यी दुइले पनि विभिन्न अन्तरवार्तामा कुरा गर्दा एकअर्का संग त्यस्तै परे विवाह गर्ने समेत भनेका छन् । फिल्मको प्रचारप्रसार त् छदैछ साथै यी दुइको जोडी पनि निकै जमेको देखिन्छ ।

सुदर्शन थापाको निर्माण तथा निर्देशित फिल्ममा पूजा शर्मा, आकाश श्रेष्ठ, केदार घिमिरे, जितु नेपाल, विल्सन विक्रम राई, रविन्द्र झा लगायतका कलाकारको मुख्य अभिनय रहेको छ ।

भने फिल्मले पनि एउटा छुट्टै हाइप पनि बनाइसकेको छ । ट्रेलर र गीत सार्वजनिक भैसकेपछि यसले दर्शकमाझ फिल्म कस्तो रहेछ भन्ने एक प्रकारको कौतुहलता समेत जगाएको छ । भने अर्को तिर फिल्मका मुख्य पात्र केदार घिमिरेले २५ हजार खर्च गरेर खसी काटेर खुवाएको खबरले पनि कलिउडलाई निकै तताएको थियो ।

फिल्मको प्रचारप्रसार तथा विभिन्न कार्यक्रममा बोल्दै फिल्मका निर्देशक सुदर्शन थापाले ‘एउटा फिल्म निर्माण हुनका लागि सय भन्दा बढी सदस्यहरुको मिहिनेतले काम गरेको हुन्छ । यसैले पनि फिल्मको पर्दा पछाडिका दुःख र सुख आफैमा निकैनै संझनलायकका हुन्छन् समेत भनेका थिए ।

सधै प्रेम कहानी बनाउने सुदर्शन थापा निर्देशित ‘राम कहानी’लाई दर्शकले कति रुचाउछन त्यसका लागि भने आम दर्शकले भदौ २२ सम्म कुरै पर्ने हुन्छ ।

यो पनि हेर्नुहोस :

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video