‘रोज’ vs ‘राम कहानी’ कसले मार्ला बाजी

वर्षको बहुप्रतिक्षित बनेका दुई फिल्म शुक्रबार अर्थात भोलि बाट देशब्यापी प्रर्दशनमा आउदै छन । अभिनेत्री पूजा शर्माको फिल्म ‘रामकहानी’ र अभिनेता प्रदीप खड्काको ‘रोज’ एकसाथ प्रदर्शनमा आउदैछ । कलिउडमा अहिले यी दुई फिल्मलाई दुई अभिनेता-अभिनेत्रीको स्टारडम मापनको रुपमा पनि लिइएको छ ।

दुई ठुला फिल्म एकै साथ प्रर्दशनमा आउदा यसले दर्शक तथा मिडिया अनि फिल्म कर्मी सबैमा निकै उत्सुकता बढाएको छ । भने अब यी दुई फिल्ममा कसको स्टाडम बलियो छ कति कति माथि छ भन्ने कुरा अबको केहि दिनमै सबैले पाउनेछन ।

सुदर्शन थापा प्रोडुसनको ब्यानरमा निर्माण भएको फिल्मलाई पूजा शर्मा र सुदर्शन थापाले निर्माण गरेका हुन भने फिल्ममा अर्जुन पोखरेलको संगीत , अन्जु पन्त र सुगम पोखरेलको स्वर रहेको छ । फिल्मलाई सौरब लामाले छायांकन गरेका हुन । फिल्ममा पूजा शर्ना , आकाश श्रेष्ठ ,केदार घिमिरे , जितु नेपाल , विल्सन बिक्रम राई , रबिन्द्र झा , शिशिर राना , राजाराम पौडेल लागाएतका कलाकारहरुको अभिनय रहेको छ ।

भने गोपिकृष्ण मुभिजको व्यानरमा निर्माण भएको निरक पौड्याल द्वारा निर्देशित ‘रोज’मा प्रदीपका साथमा मिरुना मगर प्रतिमा राना ,कर्मा, नरेश पौड्याल लगायतले स्कृन सेयर गरेका छन् ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video