फिल्म ‘जय भोले ‘को ट्रेलर सार्वजनिक

फिल्म ‘ जय भोले ‘ को ट्रेलर सार्वजनिक भएको छ । आज राजधानी स्थित पत्रकार सम्मेलन गर्दै फिल्म निर्माण टिमले ट्रेलर सार्वजनिक गरेको हो । सार्वजनिक ट्रेलर ३ मिनेट ५ सेकेन्ड रहेको छ । जसमा एक्सन , लब तथा कमेडीका केहि स्किनहरु देखाइएको छ ।

ए ए ग्रुप अफ कम्पनीको ब्यानरमा निर्माण भएको फिल्म ‘जय भोले ‘मा किरण शर्मा , कृति शर्मा , अंकित शर्मा निर्माता रहेका छन् । भने फिल्ममा राजन राज शिवाकोटीको संगीत ,खगेन्द्र लामिछानेको लेखन तथा अशोक शर्माले निर्देशन रहेको छ । फिल्ममा खगिन्द्र लामिछाने , सौगात मल्ल , स्वस्तिमा खड्का ,सलोन बस्नेत ,राधाराम पौडेल , बसुन्धरा भुसाल ,लक्ष्मी गिरि लगाएतका कलाकारहरुको अभिनय रहेको छ ।

प्रर्दशन मिति तय नभएको फिल्म जय भोले यहि दशैँबाट प्रर्दशनमा आउने फिल्म छक्का पन्जा ३ सँग जुध्ने सम्भावना पनि धेरै रहेको छ ।

हेर्नुहोस ट्रेलर:

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video