एक करोड भिउजको सेलिब्रेसनमा ‘छक्का पन्जा ३ ‘

फिल्म ‘ छक्का पन्जा ३ ‘ को ‘पहिलो नम्बरमा’ बोलको गीतले १ करोड माथिको भिउज पाएको छ । आज राजधानी स्थित रहेको रेडियो अडीयोको अफिस स्थित फिल्म निर्माण टिमले एक कार्यक्रमको आयोजना गर्दै केक काटेर सेलिब्रेसन गर्दै यसको जानकारी समेत दिएको छ ।

उक्त गीत युटूबमा आएको ३७ दिनमै गीतले एक करोड भिउज पाएको हो । यो दिपक दिपाश्रीको युटूबमा एक करोड भिउज पाएको दोस्रो गीत हो । जसले छोटो समयमानै धेरै दर्शकको माया पाउन सफल भएको हो ।

दिपक दिपाको ब्यानरमा निर्माण भएको फिल्म ‘छक्का पन्जा ३’ लाई दिपाश्रीले निर्देशन गरेकी हुन् । भने यो फिल्मको गीत ‘पहिलो नम्बरमा’मा बिन्दु परियार र डेभिड संखरको स्वर ,राजेन्द्र थापाको लिरिक ,दीपक रानाको संगीत तथा उदय राज पौडेलको एरेन्जमेन्ट रहेको छ । गीतमा दिपाश्री निरौला , बर्षा शिवाकोटी ,प्रियंका कार्की , दिपक राज गिरि , जितु नेपाल ,केदार घिमिरे सन्जोक लगाएतको अभिनय रहेको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video