मिश्रीत प्रतिक्रियाका साथ फिल्म ‘रोज’को प्रेस शो सम्पन्न , सबै अभिभावक साथी सरह भए आज ‘रोज’ हामी माझ हुन्थिन कि ?

सधै चक्लेटी नायक तथा लबर ब्वाई बनेर फिल्ममा देखिने प्रदिप खड्का अभिनित फिल्म ‘रोज ‘को प्रेस शो सम्पन्न भएको छ । आज राजधानीको बिग मुभिज स्थित पहिलो शोको आयोजना गर्दै फिल्म निर्माण टिमले प्रेस शो सम्पन्न गरेको हो ।

सम्पन्न प्रेस शोमा प्रदिप खड्का ,प्रमिता राना ,मिरुनी मगर लगाएतका अभिनेत्रा अभिनेत्री साथै फिल्म निर्माण टिमको उपस्थिति रहेको थियो । भने फिल्म हेर्न आएका सम्पूर्ण दर्शक तथा पत्रकारहरुले फिल्मको मिश्रीत प्रतिक्रिया दिएका छन् ।

ट्रेलर र गीत पहिलानै सार्वजनिक भइसकेको फिल्म रोजी नामक एक युवतीको कथामा आधारित रहेर निर्माण भएको भनेर विभिन्न हल्ला तथा धेरै विवाद पश्यात यो फिल्म प्रर्दशनमा आएको हो । फिल्म त्रिकोणात्मक प्रेम कथामा आधारित रहेर निर्माण भएको छ । जहाँ एक युवक अनि २ युवती रहेका छन् । एकले अर्कोलाई माया गर्ने र अर्कोले अर्कोलाई भने ट्रेलरमा हिरोली आफ्नो प्रेमीका मारेको देखाइएको थियो । तर वास्तवमा यहाँ कथा बिषय वस्तु भने अलि भिन्न रहेको छ ।

फिल्ममा २ हिरोइन र एक हिरो रहेका छन् भने एक जोडी प्रेममा हुन्छन भने अर्की साथीको रुपमा रहेकी हुन्छिन । यसै क्रममा हिरो विदेश पढ्न गएको हुन्छ । र यता हिरोनी मोडलिङमा करियर बनाउने क्रममा अन्य फिल्ममा जस्तै उनि पनि धनाद्य युवकको जालको शिकार बन्न पुग्छिन । अनन्त फिल्मका हिरोइनलाई धनाद्य खलनायकले मारेका हुन्छन तर दोषी भने नायक सोयम बनिरहेका हुन्छन । जब वास्तविकता अगाडी आउछ अन्य फिल्ममा जस्तै हिरोइन संगै हिरोले पनि आत्माहत्या गर्दछन ।

पौड्याल द्वारा निर्देशित फिल्ममा ‘रोज’लाई दर्शक तथा पत्रकारले मिश्रित प्रतिक्रिया दिएता पनि समग्रमा फिल्मको कथा बिषय वस्तु हाम्रो सम-सामयिक घटनामा आधारित रहेको छ । फिल्म हेरे पश्यात दर्शकले फिल्मबाट यो सम्म बुझन सक्छन कि अभिवाक भनेको छोरा छोरीको साथी समान हुनु पर्द्छ । र एउटा साथी भए पछी अर्को साथी कुनै पिडा तथा कुनै पनि प्रकारको शोषणको शिकार भइरहेको छ । भने इज्जत जान्छ भनेर चुपचाप बस्नु भन्दा पनि साथीले सरह त्यो कुरालाई बाहिर लियाउने कोशिश गर्नु पर्द्छ जसबाट आज ‘रोज’को जसरी हत्या भयो त्यो सायद हुदैन थियो कि ?

गोपिकृष्ण मुभिजको व्यानरमा निर्माण भएको निरक पौड्याल द्वारा निर्देशित ‘रोज’मा प्रदीपका साथमा मिरुना मगर प्रतिमा राना ,कर्मा, नरेश पौड्याल लगायतले अभिनय रहेको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video