नेपाल आइडल बुद्ध लामाको ‘सानी’ सार्वजनिक

नेपाल आइडल पहिलो सिरिजका विजेता बुद्ध लामाको “सानी” बोलको पहिलो गीत सार्वजनिक भएको छ । उनले पहिलो नेपाल आइडल विजेता हुँदा एउटा एल्बमको कन्ट्रयाक्ट पाएका थिए । उक्त कन्ट्रयाक्टको एल्बममा समाबेश रहेको पहिलो गीत आज युटूब मार्फत सार्वजनिक भएको छ ।

सार्वजनिक गीतमा आसुशेन लामाको शब्द तथा उनैको सँगीत, फणिन्द्र राईको संयोजन रहेको छ । माधब बेलबासेको सम्पादन र मोहनराज अधिकारीकोे निर्देशन रहेको भिडियोलाई आभेष बज्राचार्यले खिचेका हुन् । भने गीतमा गायक स्वयंको र मोडल बिनिता ओलीको फिचरिङ रहेको छ।

हेर्नुहोस भिडियो:

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video