संचिता लुइँटेल स्टारर फिल्म ‘गुनगुन’ को टीजर सार्वजनिक

फिल्म ‘गुनगुन’ को अफिसियल टीजर सार्वजनिक भएको छ । फिल्म ‘गुनगुन’को टिजर युटूब मार्फत सार्वजनिक भएको हो । अभिनेत्री संचिता लुइँटेल स्टारर फिल्मको टीजरमा प्रेम र द्वन्द्व देख्न सकिन्छ ।

प्राथना फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्मलाई पुकार भट्टराईले निर्देशन गरेका हुन् । भने फिल्ममा हिमाल केसीको द्वन्द्व, अर्जुन जिसीको सम्पादन र सौरभ लामाको छायांकन रहेको छ । फिल्ममा संचिताका अलावा रविन्द्र प्रताप सेन, सुवास मेचे, नविन श्रेष्ठ, गणेश जिसी, देशभक्त खनाल लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

फिल्म कात्तिक ३० गतेबाट देशब्यापी प्रदर्शनमा आउदैछ ।
हेर्नुहोस्टि टिजर:

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video