फिल्मीकर्मीले केकको इज्जत राख्नु पर्ने भयो

फिल्म रोज चलेको आज चौथो दिन हो । २ दिनको कमाई वुझ्न हलमा पुग्दा हुन्छ । मल्टिप्लेक्सका लागि त्यो पनि सजिलो छ । इ टिकेटिङ बुकिङ र डोर टिकट सेल हेर्दा पनि थाहा भैहाल्छ । अभिनेता प्रदिप खड्काका लागि रोजले झट्का दिएको छ । ५० लाखको अफर आइसकेको समयमा प्रदिपले मल्टिप्लेक्समा यसपटक माया पाउन सकेनन् । सिंगलमा पनि फोटोमा मात्र बढी माया देखिएको छ ।

तर, रोजका निर्माण टिमलाई खै के भयो ? आइतबार नै २ दिनमा फिल्म सफल भएको भन्दै केक काट्न तम्सिएका थिए । पत्रकारलाई रोज सफल भएको भन्दै केक काट्ने कार्यक्रमको निम्तो गरियो । तर, यो सन्देश यसरी भाइरल भैदियो कि केही छिनमै यो कार्यक्रम स्थगित भयो ।

पत्रकारलाई रोज सफल भएको भन्दै केक काट्ने कार्यक्रमको निम्तो
पत्रकारलाई रोज सफल भएको भन्दै केक काट्ने कार्यक्रमको निम्तो

२ दिनको व्यापार राम्रो भएको भनेर केक काट्न तयार भएका थिए निर्माता । केक काटेर हल्ला त होला, तर हातमा लाग्यो शुन्य हुँदा निर्माताको पीडा कसले वुझ्लान् ?
नेपाली फिल्ममा केक यति सस्तो बनेको छ कि, हिजोआज केक काट्ने भन्दा मान्छे खुशी हुनुको साटो हाँस्छन् ।

फिल्म हिट होस् या फ्लप, जसले पनि काटिदिने । हिट हुनेलाई पनि अहिले त केक काट्न लाज लाग्ने बेला भएको छ । फ्लप हुनेले त काट्छन्, हिटको ट्याग भिर्नेले काट्दा रमाइलो होला र ?
हलमा मान्छे नआएर निर्माता मुर्छित हुँदा भैरे २ को घोषणा गरेर केक काटिएकै हो । यो केकले निर्मातालाई गुलियो स्वाद भन्दा तितो स्वाद दियो । झन्, हलमा मान्छे नआएर पीडित बनेका विराङ्गना निर्माताले पनि केक काटिदिए । हाँसो उठ्दो कुरा के भने, फिल्मले करोड ग्रस ग¥यो भनेर केक काटियो ।

यो बर्ष केकको फेसन अभिनेत्री केकी अधिकारीले ल्याएकी हुन् । १ हप्ता चलेको फिल्मले १ करोड ग्रस गर्यो भनेर केक काटेर जग हसाँएकी केकीलाई अझै पनि केकको स्वादल खोकी लागिरहेको होला ।
सुनकेशरी फिल्मले पनि ३ दिनमै १ करोड ग्रस गर्यो भनेर ऋचा शर्माले पनि केक काटिन् । फिल्म चलाउनका लागि हल्ला गर्नु राम्रै हो । तर, घाँटी हेरेर हड्डी निल्नु भन्ने उखान निर्माताले विर्सिए । १ करोड लगानी परेको सिनेमाले १ करोड ग्रस गर्दैमा केक काटेर दुनियाँ किन हसाउँनु ?

Photo Mero Film
Photo Mero Film

नेपाली फिल्मीकर्मीका लागि केक किन यति सस्तो भएको होला ? खुशीयालीमा काटिने केकको पनि सम्मान गर्नुपर्दैन ।

यो पनि पढ्नुहोस्ः

ओइलिएको ‘रोज’ ( फिल्म समिक्षा )

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video