बहुपतिप्रथामा आधारित फिल्म ‘छिरिङ’को ट्रेलर सार्वजनिक

यस कुमार निर्देशित फिल्म ‘छिरिङ’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । राजधानी स्थित पत्रकार सम्मेलन गर्दै निर्माण टिमले आईतबार ट्रेलर सार्वजनिक गरेको हो ।  सार्वजनिक ट्रेलर ३ मिनेट ८ सेकेन्डको रहेको छ । जसमा भौतिक, मानसिक, सामाजिक र सांस्कृतिक द्धन्द्धलाई देखाइएको छ ।

आइतबार ट्रेलर सार्वजनिक कार्यक्रममा फिल्मका निर्माता निर्देशक तथा अभिनेता अभिनेत्री लगाएत सम्पूर्णको निर्माण टिमको उपस्थित रहेको थियो ।  सार्वजनिक कार्यक्रममा फिल्मका निर्देशक तथा अभिनेता यस कुमारले आफुनै अभिनित फिल्मलाई आफुले नै निर्देशन गर्नुको कारण फिल्ममा पहिला पहिला अरुले गरेको निर्देशन आफुलाई चित्त नभुझने अनि पछि आफै विवादमा फस्ने गरेको र एकपटक त झन्डै जेलनै जानु पर्ने भएको समेत बताएका थिए ।

यहि अशोज १२ गते प्रर्दशन मिति तय गरेको फिल्म छिरिङ’ संग अन्य दुई फिल्म पनि जुध्ने भएको छ भन्ने प्रश्न पनि उनलाई सोधिएको थियो । जसको जवाफ दिदै उनले भने, नेपाली फिल्म क्षेत्रमा एउटाको फिल्म संग अर्कोको सानोभुती सहयोग साथ भन्दा पनि नेपाली फिल्म निर्माता निर्देशकले उल्टो अफ्ठयारोमा पार्ने जति सक्दो तल देखाउने कोशिस गर्दछन । जसको फलस्वरुप एकदिन नेपालमा फिल्म निर्माण निर्देशन त टाडाको कुरा नेपालका सम्पूर्ण फिल्म हलनै बन्द हुनेछ ।

फिल्म हिमालपारिको थलो मुस्ताङको पठार, ल्यान्डस्केप र परिवेशका साथै लोमान्थाङ क्षेत्रमा व्याप्त बहुपतिप्रथा तथा दुई पति भएकी युवतीले गर्नुपरेको भौतिक, मानसिक, सामाजिक र सांस्कृतिक द्धन्द्ध आधारित रहेको छ। फिल्म्मा सुनिल माथेमा प्रधान, आइबी दर्नाल र नवीन बुढाथोकीको निर्माण, मानकृष्ण महर्जनको छायांकन, मिलन श्रेष्ठ र साहिल खानको सम्पादन छ ।

हेर्नुहोस ट्रेलर:

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video