‘छक्क पन्जा ३’को ‘पछि उमेर ढल्किन्छ’बोलको गीत सार्वजनिक

‘छक्का पन्जा १ र २’ को अपार सफलता पछि निर्माण भएको फिल्म ‘छक्का पन्जा ३’को दोस्रो गीत सार्वजनिक भएको छ । ‘पछि उमेर ढल्किन्छ’बोलको गीत आज युटूब मार्फत सार्वजनिक भएको हो ।

दीपाश्री निरौला निर्देशित फिल्मको यो गीतमा निशान भट्टराई र अन्गिला रेग्मीको स्वर , अर्जुन पोखरेल ,दीपक राज गिरिको लिरिक, अर्जुन पोखरेलकै संगीत तथा महाराज थापाको एरेज्मेंट रहेको छ । भने गीतमा दिपक राज गिरि ,जितु नेपाल ,केदार घिमिरे , दीपिका प्रसाई लगाएतको फिचर रहेको छ ।

दिपक दिपाको ब्यानरमा निर्माण भएको फिल्म ‘छक्का पन्जा ३’ लाई दिपाश्रीले निर्देशन गरेकी हुन् । भने यो फिल्मको गीत ‘पहिलो नम्बरमा’मा बिन्दु परियार र डेभिड संखरको स्वर ,राजेन्द्र थापाको लिरिक ,दीपक रानाको संगीत तथा उदय राज पौडेलको एरेन्जमेन्ट रहेको छ । गीतमा दिपाश्री निरौला , बर्षा शिवाकोटी ,प्रियंका कार्की ,दीपिका प्रसाई, दिपक राज गिरि , जितु नेपाल ,केदार घिमिरे सन्जोक लगाएतका कलाकारहरुको अभिनय रहेको छ ।

हेर्नुहोस गीत :

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video