फिल्म ‘राम कहानी’को तीन दिने कलेक्सनको जानकारी सहित प्रेस शो सम्पन्न

शुक्रबारबाट देशब्यापी प्रर्दशनमा आएको फिल्म ‘राम कहानी’को प्रेस शो सम्पन्न भएको छ । आइतबार  राजधानी स्थित रहेको कुमार हलमा कलाकार तथा पत्रकारहरुको बीचमा फिल्मले प्रेस शो सम्पन्न गरेको हो ।

सम्पन्न शोमा फिल्मकि अभिनेत्री पूजा शर्मा ,अभिनेता आकाश श्रेष्ठ ,रेखा थापा ,भुवन केसी ,केदार घिमिरे ,दिपक राजगिरि ,राधाराम पौडेल लगाएतका विभिन्न कलाकारहरुको उपस्थिति रहेको थियो । शोमा आएका कलाकार तथा पत्रकारहरुले फिल्म निकै राम्रो रहेको प्रतिक्रिया दिएका छन् । यसै क्रममा फिल्मका निर्माता सुदर्शक थापाले फिल्मले ३ दिनमा ९५ लाख माथिको व्यापार गरेको बताएका छन् । भने अब आगामी दिनमा दर्शकलाई यो भन्दा राम्रो फिल्म कसरी दिने भनि आफुले सोचिरहेको उनले बताए ।
समेत

सुदर्शन थापा प्रोडुसनको ब्यानरमा निर्माण भएको फिल्मलाई पूजा शर्मा र सुदर्शन थापाले निर्माण गरेका हुन भने फिल्ममा अर्जुन पोखरेलको संगीत, अन्जु पन्त र सुगम पोखरेलको स्वर रहेको छ । फिल्मलाई सौरब लामाले छायांकन गरेका हुन । फिल्ममा पूजा शर्मा , आकाश श्रेष्ठ ,केदार घिमिरे , जितु नेपाल , विल्सन बिक्रम राई , रबिन्द्र झा , शिशिर राना , राजाराम पौडेल लागाएतका कलाकारहरुको अभिनय रहेको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video