अन्जु गुरुङको स्वरमा ‘पहिलो नजर’ सार्वजनिक

गायिका अन्जु गुरुङको स्वरमा ‘पहिलो नजर’ बोलको म्युजीक भिडीयो सार्वजनिक भएको छ ।

सार्वजनिक म्युजिक भिडियोमा मोडेल बिकास लामिछाने र सुप्रिया कटुवाल फिचर भएका छन । म्युजीक भिडीयोले पहिलो नजर र पहिलो प्रेमको कथा उठाएको छ । गीतमा शब्द तथा संगीत अमृतको रहेको छ ।

नगरकोटमा खिचिएको भीडीयोलाई समन अधिकारीले निर्देशन गरेका हुन् । भिडीयोमा रामेश्वर कार्कीको छायाँकन र बिकास धमलाको सम्पादन रहेको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video