रजनीकान्त र अक्षय कुमारको फिल्म ‘२.०’ मा ५ सय ४४ करोडको खर्च

बलिउडका निकैनै चर्चित दुई अभिनेता रजनीकान्त र अक्षय कुमारको फिल्म ‘२.०’ को चर्चा यति बेला अत्याधिक मात्रामा भईरहेको छ । सो फिल्म कति लगानीमा बनेको हो भन्ने बारे पनि निकैनै चर्चा भएको थियो । एस शंकरको निर्देशनमा बनेको सो फिल्म बलिउडकै सबै भन्दा महँगो फिल्म हुने देखिएको छ ।

भारतीय मिडिया अनुसार, फिल्मको बजेट पहिला ४ सय करोड थियो, तर पछि बढेर ५ सय करोड भएको छ ।

यसै बीचमा अक्षय कुमारले एउटा पोस्टर सार्वजनिक गरेका छन् । जुन पोस्टरमा यो कुराको जानकारी दिइएको छ कि फिल्मको भिएफएक्समा ७५ मिलियन डलर अर्थात् ५ सय ४४ करोडको लगानी गरिएको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video