विश्वका विभिन्न देशहरुमा ‘राम कहानी ‘

नेपालमा राम्रो समिक्षा पाएर सफलता पूर्वक प्रदर्शन भैरहेको चलचित्र ‘रामकहानी’ अब विश्वका विभिन्न देशमा रिलिज हुने भएको छ । फिल्म यूरोप, अष्ट्रेलिया, अमेरिकामा यो चलचित्र रिलिज हुन लागेको निर्देशन सुदर्शन थापाले जानकारी दिएका छन् ।

उनका अनुसार, चलचित्रको प्रदर्शन सेप्टेम्बर १६ मा अमेरिकाको बोष्टनमा हुदैछ । यसपछि अमेरिकाका विभिन्न राज्यमा यो चलचित्र रिलिज हुनेछ । यस्तै, चलचित्र अष्ट्रेलियाको मेलबर्नमा पनि प्रदर्शन हुने तयारीमा छ ।

यस्तै, चलचित्रको यूरोप प्रदर्शन डेनमार्कबाट सुरु हुदैछ । डेनमार्कपछि चलचित्रको प्रदर्शन पोल्याण्ड, स्पेन, पोर्चुगल, जर्मन लगायतका १० वटा देशमा हुनेछ । कतार, ओमान, जापान, बहराइन लगायतका देशमा पनि चलचित्र चल्ने पक्का भएको निर्देशक सुदर्शन थापाले जानकारी दिदै सुदर्शनले भने–‘नेपालमा सफल प्रदर्शन र सकारात्मक समिक्षा आएपछि विश्वभरबाट चलचित्रको डिमाण्ड आइरहेको छ । हामी, विश्वभर रहेका नेपाली दर्शकहरुमाझ चलचित्र प्रदर्शन गर्ने तयारीमा छौ ।’

पूजा शर्मा, आकाश श्रेष्ठ, केदार घिमिरे, जितु नेपाल, विल्सन विक्रम राई, रविन्द्र झा लगायतका कलाकारको मुख्य भूमिका रहेको चलचित्र ‘रामकहानी’को कमेडी संवाद, कथावस्तु, क्लाइमेक्स र गीतसंगीतले दर्शकलाई आकर्षित गरेको छ । समिक्षक र चलचित्रकर्मीले यसलाई पूर्ण प्याकेजको चलचित्र भनेका छन् ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video