इन्टु मिन्टुले बाँध मायालाई ओझेलमा पार्दै

सुत्र इन्टरटेन्मेन्ट – निर्देशक रेनशा वान्तवा राई आफूले निर्देशन गरेको डेब्यू सिनेमा इन्टु मिन्टु लण्डनमाको प्रचार गर्दै देश घुमिरहेकी छिन् । कलाकारले पनि उनलाई साथ दिएका छन् ।
कलाकारको क्रेज, फिल्मको हाइप, गीतसंगीत, मेकिङ आदिका कारणले पनि यो सिनेमाले बम्पर ओपनिङ गर्ने विश्लेषण हुन थालेको छ ।

यो सिनेमामा धिरज मगर, साम्राज्ञी राज्यलक्ष्मी शाह, सारुक ताम्राकार लगायतका कलाकार छन् । असोज ५ गते हलमा दर्शक उर्लिने अड्कलबाजी सुरु भएको छ ।
यो मितिमा इन्टु मिन्टु लण्डनमासँग जुध्ने फिल्म बाँध मायाले पनि हो । सविर श्रेष्ठको निर्देशनमा बनेको सिनेमामा आर्यन अधिकारी र श्रृष्टी श्रेष्ठको अभिनय छ ।

सिनेमाको प्रचार इन्टु मिन्टुको अगाडि सुस्त छ ।
कलाकारको क्रेज पनि धेरै पछि परेको देख्न सकिन्छ । यसैले असोज ५ गते इन्टु मिन्टु लण्डनमासँग बाँध मायाले प्रतिस्पर्धा गर्न सक्ने संभावना कम छ ।

भिडियो हेर्नुस

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video