फिल्म ‘कथा काठमाण्डु’को प्रोमो युटुबबाट हटाउन विकास बोर्डको निर्देशन

फिल्म ‘कथा काठमाण्डु’को प्रोमो अश्लिल भएको भन्दै चलचित्र विकास बोर्डले युटुबबाट हटाउन निर्देशन दिएको छ । युटुबमा अश्लिल दृश्य सहितको प्रोमो प्रदर्शन भैरहेको भन्दै तत्काल हटाउन बोर्डले निर्देशन दिएको हो । निर्माण कम्पनि आहान फिल्मसलाई पत्राचार गर्दै बोर्डले युआरएल समेत उल्लेख गर्दै दृश्यलाई हटाउन निर्देशन दिदै त्यसो नगरिए कारवाही गर्ने चेतावनी समेत दिएको छ ।

नायिका प्रियंका कार्की र नायक प्रमोद अग्रहरिविचको अन्तरंग दृश्यप्रति बोर्डले आपत्ति जनाएको हो । तर बोर्डले पत्राचारमा उल्लेख गरेको युआरएल भने फिल्म ’कथा काठमाण्डु’ को अफिसियल च्यानल हाइलाइटस नेपालको भने होइन । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई समेत बोदार्थ गरिएको पत्रमा अन्य युट्युब च्यानल मार्फत अपलोड गरिएको र स्वयम् च्यानलको ब्यक्तिले आफ्नै किसिमले मिक्सिङ गरिएको भिडियोलाई आधार मान्दै कारवाही समेत गर्न सकिने गरि बोर्डले गरेको पत्रमा निर्माण पक्षले आपति जनाएको छ । त्यस किसिमका अन्य युट्युब च्यानल र केहि अनलाइन पोर्टलमा अपलोड गरिएको सामाग्री प्रति निर्माण पक्षले आपति जनाउदै यस अघि नै सम्बन्धित निकायमा त्यस किसिमका दृश्यलाई हटाउन लिखित निवेदन समेत दिईसकेको छ ।

कान्तिपुर टेलिभिजनमा टेलिफिल्म ’कथा प्रेमका’ निर्देशन गर्दै आफुलाई भिजेसँगै निर्देशकको रुपमा समेत परिचित गराएकी संगीता श्रेष्ठ पछिल्लो समय फिल्म ’कथा काठमाण्डौ’ को काममा व्यस्त छिन । टेलिफिल्मको अनुभवसँगै पुस्तक ’कथामा अल्झिएका प्रेम’ समेत लेखेकी संगीताको लेखन र निर्देशनमा तयार भएको फिल्म ’कथा काठमाण्डौ’ पछिल्लो समय चर्चामा छ ।

संगीता श्रेष्ठ ( पहिलो कुरा हाम्रो गीतको दृश्यलाई मात्र आधार मानेर जुन चर्चा परिचर्चा छ , त्यसकै आधारमा फिल्मलाई मुल्याङ्कन गरिनु हुदैन भन्ने टिमको मान्यता हो । फिल्ममा हामीले तिन कथा र पात्रलाई चित्रण गरेका छौ , काठमाण्डुको पात्र देखाएका छौ भने त्यसको गहिराइमा पुग्नु पर्छ भन्ने मेरो निष्कर्ष हो । फिल्म हेरेपछि त्यो दृश्य कथा अनुसार अश्लिल र भद्दा लागेमा म त्यसको अपजस लिन तयार छु । किनकी मैले पत्रकारिता , म्युजिक भिडियो निर्देशन , टेलिफिल्म निर्देशन , पुस्तक लेखन मार्फत आर्जन गरेको विश्वासलाई पक्कै पनि डुबाउने छैन । मलाइ के लाग्छ भने फिल्म हेरिसकेपछि दर्शकले मैले उठाएको विषयमा बहस गर्न बाध्य हुनुहुनेछ । हामी प्रमोसनकै क्रममा हुदा यस किसिमको पत्रले हामीलाई असर त गरेकै छ । मैले आफैले यसकिसिमको दृश्यलाई हटाउन भनेर सम्बन्धित निकाएमा निवेदन दिएर आग्रह गरिसकेकी छु । तर विकास बोर्डले हामीले अपलोड नगरेको दृश्यलाई आधार मान्दै हामीलाई कारवाहीसम्म गर्ने चेतावनी समेतको चेतवानी सहित पत्राचार गर्दा हामी टिम केहि निराश समेत भएका छौ । हामी केहि गर्ने सोचका साथ् यसक्षेत्रमा भित्रिएका छौ , तर हामीलाई सहयोग गर्ने त के भन्ने , त्यसको विपरित नै यसकिसिमको पत्र र चेतावनी पूर्ण धम्किले केहि निराश बनाएको छ ।

आहाना फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्ममा  विजय राइको लगानी , भारत रेग्मीको कलर र भीएफएक्स रहेको फिल्मको पटकथा तथा निर्देशक श्रेष्ठले नै लेखन रहेको छ । फिल्ममा  ,प्रियंका कार्की ,    आयुष्मान डिएस जोशी, संजोग कोइराला, सन्ध्या केसी, प्रेक्षा अधिकारी, प्रमोद अग्रहरी लगाएतका कलाकारहरुको मुख्य अभिनय रहेको छ  ।

फिल्म  असोज १२ मा प्रर्दशनमा आउने तयारीमा रहेको छ   ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video