फिल्म ‘छक्का पन्जा ३’ पहिलो कन्सर्ट पशुपतिमा

दशैँबाट प्रर्दशनमा आउन लागेको फिल्म ‘छक्का पन्जा ३’ले कन्सर्टको आयोजना गरेको छ । हरितालिका तीज विशेष पारेर फिल्म छक्का पन्जाको निर्माण टिमले पशुपति स्थित आज कन्सर्टको आयोजना गरेको हो ।

यतिबेला फिल्म निर्माण टिम प्रचारप्रसारमा तीव्र रुपमा लागेको छ । यसै क्रममा आज तीजको अवसर पारेर पशुपतिमा कन्सर्ट गरेको हो । जसबाट मन्दिर आउने भक्तजनहरुमा फिल्म प्रति आकर्षण बढाउँन फिल्म निर्माण टिमले निकै राम्रो जुक्ति अपनाएको छ ।  कन्सर्टमा दिपाश्री निरौला , दीपक राज गिरि , जितु नेपाल , लोक गायक नबिन पौडेल लगाएत अन्य विभिन्न कलाकार तथा फिल्म निर्माण उपस्थित रहेको थियो । कन्सर्टमा उपस्थित गाएक गायिका तथा नायक नायिकाले नाचेर गायर भक्तनजन अर्थात दर्शकलाई मनोरन्जन प्रदान गरेका थिए ।

दिपक दिपाको ब्यानरमा निर्माण भएको फिल्म ‘छक्का पन्जा ३’ लाई दिपाश्रीले निर्देशन गरेकी हुन्भ भने यो फिल्मको गीत ‘पहिलो नम्बरमा’मा बिन्दु परियार र डेभिड संखरको स्वर ,राजेन्द्र थापाको लिरिक ,दीपक रानाको संगीत तथा उदय राज पौडेलको एरेन्जमेन्ट रहेको छ । गीतमा दिपाश्री निरौला , बर्षा शिवाकोटी ,प्रियंका कार्की ,दीपिका प्रसाई, दिपक राज गिरि , जितु नेपाल ,केदार घिमिरे सन्जोक लगाएतका कलाकारहरुको अभिनय रहेको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video