के हिरो र निर्मातालाई साम्राज्ञी चाहिन्छ ?

सुत्र इन्टरटेन्मेन्ट – पहिलो फिल्म ‘ड्रिम्स’ चल्नु अघि अभिनेता अनमोल के.सीले हलसम्म दर्शक ताने । ‘ड्रिम्स’ चलेपछि डेब्यू अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले माहोल बनाइन् । साम्राज्ञी राज्यलक्ष्मी शाहको क्रेज पहिलो फिल्मले नै बढाएको हो ।

ए मेरो हजुर २, तिमी सँग र कायरासम्म आइपुग्दा उनी बढ्दो माग भएकी हिरोइन बनेकी छिन् । १० लाख रुपैयाँ दिएर निर्माताले साम्राज्ञीलाई सिनेमामा लिन चाहेका छन् । तर, साम्राज्ञीले १० लाख रुपैयाँ लिएर काम गरेको कायरा सिनेमा नै व्यापारिक रुपमा चलेन । साम्राज्ञीले नै यो कुरा स्विकार गरेकी छिन् ।

तर, साम्राज्ञीलाई अहिले नेपाली फिल्ममा उनको माग खुबै भएको लाग्छ । हरेक दिन आफूलाई नयाँ सिनेमाको अफर आउने गरेको साम्राज्ञीले बताएकी छिन् ।
पोखरा पुगेर इन्टु मिन्टु लण्डनमाको प्रचार गरेकी साम्राज्ञीलाई अभिनेता अनमोल केसी बाहेक अरुसँग तपाई चल्नु भएन भनेर पत्रकारले प्रश्न सोधेका थिए । तर, साम्राज्ञीले यसमा पत्रकारलाई भनिन्–‘तपाइको प्रश्न नै गलत छ । अनमोल विना म होइन, हिरो र निर्मातालाई म चाहिन्छ ।’

साम्राज्ञीले स्टारडम नघटेको पनि बताएकी छिन् । साम्राज्ञीको यो भनाइलाई फिल्म पण्डितहरुले उनमा बढेको घमण्डको रुपमा हेरेका छन् । साम्राज्ञीविना के निर्माताको लगानी सुरक्षित नहुने र हिरोको करिअर नै नजोगिने अवस्था आएको हो र ? उनले यसप्रकारको जवाफ दिएकी छिन् ।

यो पनि पढ्नुहोस्ः

कमेडी, सस्पेन्स र प्रेममा घुमेको रामकहानी ( फिल्म समिक्षा )

भिडियो हेर्नुस 

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video