चेलीबेटी बेचबिखनको कथामा ‘पेशा’

फिल्म ‘पेशा’ बन्ने भएको छ । हिन्दु महिलाहरुले महान चाड हरितालिका तीजको अवसर पारेर बुधवार दिउँसो काटेश्वरको महादेवस्थानमा फिल्मको शुभ साइत गर्दै फिल्म बन्ने तय भएको हो ।

फिल्म समसामयिक विषय र चेलिबेटी बेचबिखनको कथामा आधारित रहेर बन्न लागेको हो ।

फायर इन्टरप्राइजेज प्रा.लि.को ब्यानरमा निर्माण हुन लागेको फिल्मलाई विश्वदिप घिमिरेले निर्देशन गर्दै छन् । भने फिल्ममा टिकाराम रखाल कथा , जनक पाख्रिनको नृत्य निर्देशन, राजु जंग थापाको द्वन्द, टंक बुढाथोकी र जी.एस.आलेको संगीत रहनेछ । फिल्ममा रोजन रखाल, प्रशान्त यादव, बालकृष्ण बन्जारा, पुरब बन्जारा, निशा सुनुवार, सरगम तामाङ, अनिता रसाईली लगायतका कलाकारहरुको अभिनय रहनेछ ।
फोटो -फिल्मीखबर डटकमबाट

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video