धमला पत्नी कि अनुरागकी हिरोइन ?

सुत्र इन्टरटेन्मेन्ट – असोज १२ गतेबाट रिलिज हुने अनुराग सिनेमा अहिले जे जति चर्चामा छ, त्यसको पछाडि पत्रकार ऋषि धमलाकी पत्नी एलिजा गौतमका कारण छ ।
सन्तानकी आमा बनेपछि एलिजाले यो सिनेमा खेलेकी हुन् । तर, सिनेमा रिलिज भएपछि बक्स अफिसमा चल्नु मात्र ठूलो कुरा होइन ।

यो सिनेमाले एलिजाको परिचय फेर्छ कि फेर्दैन भन्ने हो । एलिजालाई अहिलेसम्म पनि चिनाउन धमला पत्नी भनेर उल्लेख गर्नुपर्ने अवस्था छ ।

उनी धमला पत्नीबाट अभिनेत्री एलिजा बन्न सकिन् भने अनुरागको सफलता मानिन्छ ।

सत्यराजको निर्देशनमा बनेको अनुराग लभस्टोरी कथा हो । म्यूजिकमा लागेको एक यूवा र उसको बाल्यकालको प्रेमको कथामा अनुराग बनेको छ ।
युटुबमा त एलिजा धमला पत्नीको नामले हिट छिन् ।

तर, हलमा एलिजा गौतम बन्न सक्छिन् कि सक्दिनन् होला भन्ने बिषयलाई चासोको रुपमा हेरिएको छ ।
हिरोइन बन्ने उनको चाहनालाई पुरा गर्नका लागि पनि अनुरागले पैसा कमाउनुपर्ने हुन्छ ।

यो पनि पढ्नुहोस्ः

के हिरो र निर्मातालाई साम्राज्ञी चाहिन्छ ?

 

भिडियो हेर्नुस 

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video