फिल्म ‘ इन्टु मिन्टू लण्डनमा ‘को दुई पोस्टर सार्वजनिक

कोरियोग्राफर रेनशा वान्तवा राईको डेब्यु निर्देशन रहेको फिल्म ‘ इन्टु मिन्टू लण्डनमा ‘को पोस्टर सार्वजनिक भएको छ । रिलिज मिति नजिकिए संगै आज फिल्म निर्माण टिमले दुई पोस्टर सार्वजनिक गरेको हो । सार्वजनिक २ पोस्टरमा एकमा साम्राज्ञी र धिरजमात्र देखिएका छन् भने दोस्रो पोस्टरमा यी दुईका अलावा अन्य ५ कलाकार पनि अटाएका छन् ।

फिल्ममा प्रज्ज्वल समशेर जबरा र रेनषाकै कथा रहेको रोमान्टिक लभस्टोरीमा साम्राज्ञी र धिरजका अलावा सरुक ताम्राकार पनि मुख्य भूमिकामा रहेका छन् । आई कोर फिल्मस्को व्यानरमा ‘इन्टु मिन्टु लन्डनमा’लाई प्रभु समशेर जबरा र प्रज्ज्वल समशेर जबराले निर्माण गरेका हुन् । फिल्ममा सह-निर्माताहरुमा सुलेखा राई, बसन्त तामाङ र सुष्मिता जिरेल रहेका छन् ।

फिल्मलाई अभिमन्यु दिक्षित र रेनषाले लेखेका हुन । भने फिल्ममा आभास कर्माचार्यको संवाद रहेको छ । शैलेन्द्र धोज कार्कीको छायाँकन रहेको ‘इन्टु मिन्टु लण्डनमा’मा टिसूजिल कर्माचार्य, हर्कुलस बस्नेत, स्वप्न सुमन र बसन्त सापकोटाको संगीत रहेको छ ।

फिल्म अशोज ५ गतेबाट देशब्यापी रुपमा प्रर्दशनमा आउदै छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video