जापान जान प्रदिपलाई कसले रोक्यो ?

जापानमा आयोजना हुन लागेको सूर्य इन्टरनेशनल अवाडर्समा भाग लिन नेपालका विभिन्न कलाकारहरुको जम्बो टोलि आए जापान तिर लागेको छ भने अभिनेता प्रदिप खड्काको हातमा पनि पासपोर्ट त थियो अर्थात उनलाई पनि जापानमा आयोतित अवार्ड कार्यक्रमका लागी छानिएका थिए तर, उनी आज विमानस्थल पुगेनन् ।

प्रदिप विमानस्थल नपुग्दा आयोजकले उनलाई फोन पनि गरे तर, उनले फोन कलको जवाफमा आफू लभ स्टेशन फिल्मको वर्कशपमा रहेको जानकारी दिए । कयौ कलाकार अवार्ड कार्यक्रममा जापान जान नपाउदा दुखि रहेका अवस्थामा यता प्रदिप खड्का हातमा भिजा र टिकट हुँदा पनि जापान गएनन् ।

प्रदिपको आफ्नो निर्माणमा आगामी असोज ५ गतेबाट छायांकन हुन लागेको फिल्म ‘लभ स्टेशन’मा ब्यस्त हुदैछ । रोज फिल्म असफल भएकाले पनि प्रदिपलाई लभ स्टेशन विशेष चल्नुपर्ने चुनौती रहेको छ । तर, प्रदिप जापानमा आयोजना हुने अवार्डमा भिजा र टिकट लिएर पनि किन नगएका होलान् भन्ने प्रश्नले भने सबैको मनमा कौतुहलता जगाएको छ ।

भदौ ३१ गते दिनेश डीसीले आयोजना गर्न लागेको सिने सर्कल अवार्डमा प्रदिप पुगेपनि अचम्म नमाने पनि हुन्छ । कि, अवार्डमा सहभागी हुन पुगेका केही कलाकारसँग उनको सम्बन्ध सुमधुर नभएर पनि उनी नगएका हुन् भन्दा फरक नपर्ला ।
प्रदिप बाहेक अरु को -को गएत जापान हेर्नुहोस भिडियोमा :

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video