फिल्म ‘ए मेरो हजुर ३’ मा सलोन अनुबन्धित

फिल्म ‘ए मेरो हजुर ३’ मा अभिनेता सलोन बस्नेत अनुबन्ध भएका छन् । अनमोल केसी लिड रोलमा रहने सो फिल्म अनमोल र सलोन तेस्रो पटक संगै काम गर्दैछन् ।
सलोनको अभिनयले अन्य फिल्मका सबै नायाक अर्थात मुख्य पात्रनै छायाँमा पर्ने गर्छन । अब यो पालि भने के हुने हो समयले नै बताउछ।

सुहाना इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने फिल्ममा अभिनेता अनमोलको अपोजिटमा निर्देशक तथा अभिनेत्री झरना थापाकी छोरी सुहाना थापा रहेने छिन ।‘ए मेरो हजुर ३’ मा अनमोलले एक गायकको भूमिका निर्वाहा गर्दैछन् भने सुहाना फ्यानको भूमिकामा देखिनेछन् । एक सेलिव्रेटी र फ्यानबीचको प्रेमकथा फिल्मले वाचन गर्ने बताइएको छ । फिल्मको छायाँकन असोज पहिलो साता हुनेछ ।

फिल्म चैत २९ गते देखि देशब्यापी प्रर्दशनमा आउनेछ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video