कलाकारको जहाज एउटै, तर मन फरक !

सुत्र इन्टरटेन्मेन्ट – जापान उडेका धेरै कलाकार करिब एक साता एक साथ हुन्छन् । जापान उड्दाको पल हवाइजहाजमा उनीहरु एकसाथ हुन्छन् । फर्कदा उनीहरु कसरी फर्कन्छन्, त्यो उनीहरुको कुरा भयो । जापान उड्दा कलाकारको प्लेन त एउटै भयो, तर मन एउटै हुन सकेन । अभिनेत्री आँचल शर्मा र पूजा शर्माको बोलचाल बन्द भएको घटना नयाँ होइन । उनीहरु विमानस्थलमा बोलेनन् ।

उनीहरुविच जापानमा पनि बोलचाल हुने देखिएको छैन । आँचल र पूजा मात्र होइन, अभिनेता पल शाह र पूजा शर्माको बोलचाल पनि धेरै कम हुनेछ । विमानस्थलमा उनीहरुले एक अर्कालाई खुलेर बोलाउन सकेनन् । निर्देशक सुदर्शन थापाको पनि पल र आँचल शर्मासँग हाइ-हेल्लो मात्र भयो । अभिनेता प्रदिप खड्का भिजा बोकेर पनि गएनन् ।

उनी गएको भए अझै नबोल्ने कलाकारको लिस्ट लामो हुन्थ्यो होला । विमानस्थलबाट उड्दै गर्दा पूजा शर्मा, शिल्पा पोखरेल र बर्षा राउत नजिक देखिएका छन् । नेपाली फिल्ममा ग्रुपिज्म छ । कलाकारहरु गुटमा विश्वास गर्छन् । एउटै प्लेनमा उडेपनि उनीहरुको गुट अलग अलग देखिएको छ ।

जापान जान आग्रह गर्दा पनि अभिनेता अनमोल केसी उडेनन् । बरु, उनी कन्सर्टका लागि विर्तामोड जाँदैछन् । अभिनेता भूवन केसी भने अवार्डमा सहभागी हुन उडेका छन् । नेपाली फिल्मका कलाकार अहिले देशभित्रै हुने अवार्डमा पुग्न छाडेका छन् ।

विदेशमा हुने अवार्डमा भने कलाकारको उपस्थिती बाक्लिएको छ । यसपटकको अवार्डमा कलाकार फरक फरक मन लिएर उडेका त छन् । फर्कदा फोडिएको मन जोडिएर आउलान् कि अझै धेरैले मन फुटाएर आउलान् भन्ने प्रतिक्षा फिल्म क्षेत्रलाई रहेको छ ।

बाकी भिडियोमा हेर्नुहोस्:  

 

यो पनि पढ्नुहोस्ः

के हिरो र निर्मातालाई साम्राज्ञी चाहिन्छ ?

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video