अनमोलकी आमा सुस्मिताले गरिन यी व्यक्तिसँग इन्गेजमेन्ट !

कलिउड फिल्म उधोगको सर्वाधिक महंगा नायक अनमोल केसीकी आमा तथा नायिका सुस्मिता बम्जन केसीले इन्गेजमेन्ट गरेकी छिन । गत ९ सेप्टेम्बर मा दक्षिण भारतीय मुलुकको फिजीमा जन्मिएका अष्ट्रेलियन नागरिक किलन स्वामीसँग उनले इन्गेजमेन्ट गरेकी हुन् ।

इन्गेजमेन्ट गरिसकेकी सुस्मिताको विवाह अर्को वर्षको भ्यालेन्टाइन डेमा सुस्मिता परिवारको सहमतिमा तय भएको उनले जनाएकी छिन । किलन स्वामी एक व्यापारी हुन् र उनि अस्ट्रेलियामा बस्छन ।

फिल्ममा काम गर्दैगर्दा सुरु भएको प्रेमले विवाहको रुप लिएको थियो भने सन् २००१ मा अभिनेता भुवन केसीसँग डिभोर्स लिएपछि सुस्मिता एक्लै बस्दै आइरहेकी थिइन् । भुवन केसी संग छुटिएको लामो समय पछि उनले किलन स्वामी सँग विवाह गर्ने निर्णय गरेकी हुन् ।

यो पनि हेर्नुहोस:

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video