‘राम कहानी’को एक हप्ताको कलेक्सन २ करोड ४६ लाख ग्रस

भदौ २२ गतेबाट प्रर्दशनमा आएको फिल्म ‘राम कहानी’ले ओपनिङमा अपेक्षित ब्यापार नगरे पनि प्रर्दशनमा आएको छैठौं दिन फिल्मले आक्रमक ब्यापार गरेको छ । फिल्मले बुधबार अल नेपालबाट ८० लाख बराबरको कारोबार गरेर आफूलाई तीन करोड क्लबमा पुर्याउने संकेत देखाएको छ ।

फिल्मले बुधवार राजधानीमा ४९ लाख र अन्य क्षेत्रमा ३१ लाख कारोबार गरी एकै दिनमा ८० लाख कलेक्सन गर्न सफल भएको हो । प्रर्दशनमा आएको पहिलो दिन खासै राम्रो ब्यापार नगरेको फिल्मले दोस्रो ,तेस्रो दिन गर्दै मंगलबार भने फिल्मले औषत ब्यापार गरेको छ ।

यसर्थ फिल्मको छैठौ दिन सम्मको बक्स अफिस कलेक्सन अल नेपाल २ करोड ४६ लाख ग्रस गरेको छ । यो हिसावमा राजधानीको कलेक्सन १ करोड ५७ लाख हुन् जान्छ भने बाहिरबाट ८९ लाख कलेक्सन गरेको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video