नेपालका ज्वाँईसाव गोबिन्दा नेपालमा

नेपालका ज्वाँई अर्थात बलिउडका चर्चित अभिनेता गोबिन्दा नेपाल आएका छन्।  राजधानी स्थित रहेको अन्तराष्ट्रिय विमान स्थलमा  पत्रकार सम्मेलन गर्दै आज उनि नेपाल आएको जानकारी गराइएको हो ।

चौधरी ग्रुपको सहकार्यमा हुने यस् “एलजी सिने सर्कल अवार्ड ” समारोहमा हरेक बर्ष झै यस् बर्षपनि बलिवूड कलाकारलाई निमन्त्रणा गर्ने क्रममा गोबिन्दा छोरी टिनाको साथमा नेपाल आएका हुन ।

उनी ३ दिन नेपाल रहने र बिभिन्न धार्मिक् स्थलको दर्शन गर्ने  साथै नेपालमा रहेका ससुराली खलकका आफन्त जन भेट्ने उनको योजना रहेको बताए।

उनले जीवनमा एक पटक नेपाली फिल्म जसरि पनि खेलेरै छाड्ने समेत बताएका छन् । नेपाल आएका उनि यसपटकको लाइफटाइम अवार्डबाट सम्मानित हुन् लागेका वरिष्ठ फिल्मकर्मी किशोर रानालाई अवार्ड दिनेछन् ।

बलिउडलाई बीबी नम्बर १ ,दुल्हे राजा ,जोरदार ,राजा बाबु ,दिवाना मस्ताना ,कुल्ली नम्बर १ ,हिरो नम्बर १ जस्ता विभिन्न हिट फिल्महरु दिएर निकैनै चर्चामा रहेका छन् ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video