जापानमा नमस्ते साँझ २०१८ हुँदै

जापानमा “नमस्ते नेपाली साँझ २०१८” हुने भएको छ । नेपाल तामाङ कलाकार संघ जापानको आयोजनामा “नमस्ते साँझ २०१८” कार्यक्रम गर्न लागेको हो । आगामी सेप्टेम्बर ३० मा “मेगुरो कुमिन सेन्टर टोक्यो लगायत जापानका विभिन्न शहरहरूमा उक्त कार्यक्रम हुन लागेको आयोजक अध्यक्ष टासी लामाले जानकारी दिएका छन् ।

उक्त कार्यक्रममा मन बिनाको धन ठुलोकी धन बिनाको मन भन्ने गीत गाएर चर्चित बनेका गायक तथा संगीतकार टंक बुढाथोकी, साउथ एसियन स्टार गायक तथा संगीतकार आशुशेन लामा लगायत अन्य स्थानिय कलाकारले आफ्नो प्रतिभा प्रस्तुत गर्दै छन् ।

जापानमा हुन लागेको “नमस्ते नेपाली साँझ २०१८” साँस्कृतिक कार्यक्रममा जापानमा रहने सम्पूर्ण नेपालीहरुलाई कार्यक्रममा सहभागी हुन पनि नेपाल तामाङ कलाकार संघले आग्रह गरेको छ ।
यो पनि हेर्नुहोस:

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video