बुगीबुगी बिजेता कबिता र पलको पहिलो म्युजिक भिडियो टेन्डिङ नम्बर २ मा

गायक राज खम्बुको नयाँ म्युजिक भिडियो टेन्डिङमा परेको छ । सार्वजनिक भएको दुई दिनमै उक्त भिडियो युट्युवको टेन्डिङ २ मा आएको हो । केहि महिना अगाडी सम्पन्न भएको बुगीवगीका बिजेता कबिता नेपाली र चर्चित अभिनेता पल शाह फिचरिङ ‘यही त होला माया’ बोलको पहिलो म्युजिक भिडियो सार्वजनिक भएको २ दिन नपुग्दै ६ लाख ५० हजार बढी भ्युज बटुल्दै युट्युवको टेन्डिङ २ मा आएको हो ।

बुगीवगीको बिजेता बनेपछि कबिताको यो पहिलो म्युजिक भिडियो हो । युट्युवको टेन्डिङ २ मा आएसंगै ‘यही त होला माया’बोलको गीतको चर्चा बढेको छ । यस भिडियोले ६ लाख ५० हजार बढी भ्युज पाउदा २८ हजार बढिले लाइक गरेका छन्, भने ३ हजार बढीले कमेन्ट गरेका छन् । भिडियो हेर्ने दर्शकले यस भिडियोमा फिचर भएका पल शाह र कविता नेपालीको जोडी मनपराएका छन् ।

गीतमा एकनारायण भण्डारीको शब्द तथा आशिष अविरलको संगीत रहेको छ । गीतको एरेञ्ज प्रदिप श्रेयठले गरेका हुन्, भने मिक्सिङ किश्वर थापाको रहेको छ ।
हेर्नुहोस भिडियो:

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video