एलजी सिने सर्कल अवार्ड २०७५ सम्पन्न : उत्कृष्ट अभिनेता / अभिनेत्री नाजिर र नीता , ‘तिमीसँग’ उत्कृष्ट फिल्म, पपुलर अवार्ड प्रदीप र प्रियंकालाई (बिजेताको सुची / फोटो / भिडियो सहित)

सुत्र इन्टरटेन्मेन्ट : एलजी सिने सर्कल अवार्ड २०७५ सम्पन्न भएको छ । लाईफटाइम एचिभमेन्ट अवार्ड बरिष्ठ कलाकार किशोर रानालाई प्रदान गर्दै राजधानीको राष्ट्रिय सभा गृह स्थित सम्माननीय उप राष्ट्पति , भारतीय नायक गोबिन्दा तथा विभिन्न नेपाली कलाकार , दर्शक तथा पत्रकारहरुको बीचमा सो अवार्ड समारोह सम्पन्न भएको छ ।

विभिन्न विधाका अवार्ड वितरण गर्ने क्रममा यो वर्षको उत्कृष्ट अभिनेताको अवार्ड नाजिर हुसेनले फिल्म ‘तिमीसँग’बाट प्राप्त गर्दा ‘पञ्चायत’ अभिनेत्री नीता ढुङ्गानाले उत्कृष्ट अभिनेत्रीको अवार्ड प्राप्त गरेकी छिन भने उत्कृष्ट फिल्मको अवार्ड शिशिर राणा निर्देशित फिल्म ‘तिमीसँग’ ले हात पारेको छ ।

अवार्ड समारोहमा विभिन्न चलचित्र ,चलचित्रकर्मी,विभिन्न विदाका गीत-संगीत ,संगीतकार ,निर्माता ,निर्देशक लगाएत नेपालका ज्वाँईसाव गोबिन्दा पनि सम्मानित भएका छन् । उक्त कार्यक्रममा बोल्दै गोबिन्दाले नेपाली फिल्म तथा नेपाल आफ्नो ससुराली देशको तारिफ गर्दे आफु नेपाल ज्वाँई हुन पाएको निकै खुशी समेत ब्यक्त गरेका थिए ।

अवार्ड बिजेताहरुको नामावली निम्न लिखित रहेको छ :
उत्कृष्ट,
पोस्टर अफ दि इयर: शत्रुगते, सान थापा-विजय वश्याल
ट्रेलर अफ दि इयर: सुरेन्द्र पौडेल, कृ
स्टण्ट अफ दि इयर: पिँजडा ब्याक अगेन, सिम्पसन तामाङ
पपुलर गीत अफ दि इयर: कुटुमा कुटु, ‘दुई रुपैयाँ’
भिएफएक्स अफ दि इयर: माओत्सु मुकामी, माइलभ
कम्मेन्डेवल फिल्म अफ दि इयर: पन्चायत
पपुलर एक्टर अफ दि इयर: प्रदिप खड्का
पपुलर एक्ट्रेस अफ दि इयर: प्रियंका कार्की
व्याकग्राउण्ड स्कोर अफ दि इयर: एलिश कार्की
एडिटर अफ दि इयर: मित्र डि गुरुङ, शत्रुगते
स्क्रिनप्ले अफ दि इयर: तिमीसँग
सिनेमाटोग्राफर अफ दि इयर: भुइँमान्छे, बिदुर पाण्डे
एक्सन डिरेक्टर अफ दि इयर: चन्द्र पन्त, कृ
कोरियोग्राफर अफ दि इयर: कविराज गहतराज, कुटुमा कुटु
प्लेब्याक सिंगर अफ दि इयर ‘मेल’: सुगम पोखरेल, भन्छु आज
प्लेब्याक सिंगर अफ दि इयर ‘फिमेल’: मेलिना राई, कुटुमा कुटु
अन स्क्रिन कपल अफ दि इयर: रमेश उप्रेती र दीपिका प्रसाईं
म्युजिक डिरेक्टर अफ दि इयर: अर्जुन पोखरेल, भन्छु आज
एक्ट्रेस अफ दि इयर: नीता ढुङ्गाना, पञ्चायत
एक्टर अफ दि इयर: नाजिर हुसेन, राज्रा रानी
डिरेक्टर अफ दि इयर: नवराज बुढाथोकी, भुइँमान्छे
फिल्म अफ दि इयर: तिमीसँग
क्रीटिक्स अवार्ड: पुष्पल खड्का
लाइफटाइम एचिभमेन्ट अवार्डः किशोर राना

हेर्नुहोस भिडियो :


यो पनि पढ्नुहोस्ः

जापानको सुर्य अवार्ड फिल्म ” म यस्तो गीत गाउँछु ” को पोल्टोमा, पल र पुजा सर्बोत्कृष्ट नायक – नायिका , पपुलरमा सम्राज्ञी ( फोटो फिचर )

[yotuwp type=”playlist” id=”UUAqc7EsDfuWb29hao5wN4nA” ]

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video