‘कथा काठमाण्डु’ले ल्याएको तरंग

सुत्र इन्टरटेन्मेन्ट – संगीता श्रेष्ठले निर्देशन गरेको कथा काठमाण्डु फिल्म असोज १२ गते हलमा लाग्दैछ । यो सिनेमाको व्यापार कस्तो होला भन्ने अड्कल त लगाउन अहिले सकिदैन । तर, यसले युवापुस्तामा एउटा तरंग भने ल्याइदिएको छ ।

सिनेमामा समावेश रातको कुरा बोलको गीतको भिडियो,यसको ट्रेलरमा समावेश दृश्य आदिले फिल्म बजारमा पनि तरंग छ । यही तरंगले सिनेमालाई फाइदा पुग्ने देखिन्छ ।
अभिनेत्री प्रियंका कार्की र कलाकार प्रमोद अग्रहरिविचको कामुक दृश्यको चर्चासँगै यो सिनेमाको कथावस्तुलाई कसरी प्रस्तुत गरिएको होला भन्ने कौतुहलता पनि छ ।

यी दृश्यहरुको पुष्टी सिनेमा हेरिसकेपछि हुने निर्देशक श्रेष्ठको भनाई रहेको छ ।
विजय राइले लगानी गरेको सिनेमाको चर्चा हेर्दा यसले हलमा दर्शक राम्रै तान्ने अपेक्ष गर्न सकिन्छ ।

सिनेमाले सेक्सको बिषयलाई कसरी उठाएको छ भन्ने कुराले पनि दर्शकको चापको निर्धारण गर्नेछ ।
फिल्ममा आयुष्मान देशराज जोशी, सन्ध्या केसी, प्रेक्षा अधिकारी, संजोग कोइराला लगायतका कलाकार पनि छन् ।

यो पनि पढ्नुहोस्ः

धमला पत्नि एलिजा र समुन्द्र पण्डितको बढ्दो मित्रता(हेर्नुहोस भिडियो)

भिडियो ग्यालरी
[yotuwp type=”channel” id=”UCAqc7EsDfuWb29hao5wN4nA” ]

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video