हिरोदेखि निर्देशकसम्म, भूवनको हलमा क्रेज घट्यो चर्चा घटेन

सुत्र इन्टरटेन्मेन्ट – हिरो भूवन केसीको जन्मदिन हिजो हो । भूवन केसी कति बर्ष भए भनेर सोचिराख्न आवश्यक छैन । किनकी, भूवन केसीले सदाबहार अभिनेताको क्रेडिट पाइसकेका छन् । सधै उस्तै देखिने भएकाले पनि भूवन के.सीको उमेरको मुल्यांकन गर्न गाह्रो पर्छ ।

अभिनेता के.सी कुनै समयका लोकप्रिय अभिनेता हुन् तर, अहिले उनको अनुहारले फिल्म चल्दैन । बरु, उनको स्थानमा छोरा अनमोल के.सी आइसकेका छन् जसको अनुहारले दर्शक हलसम्म आउँछन् । बाबुबाट छोराको हातमा स्टारडम पुगेपनि भूवन के.सीको चर्चा भने उस्तै छ ।


नेपाली फिल्मका अभिनेताहरुको यस्तो चर्चा विरलै पाइन्छ । हिरो, निर्माता हुँदै निर्देशकसम्म आइपुग्दा भूवन केसीको चर्चा कम भएको छैन ।
भूवन के.सीको जीवनमा २ प्रकारको चर्चा सधै भयो । एउटा, उनी सधै नै महिलाको कारणले गर्दा चर्चामा छन् । सुस्मिता के.सीसँगको डिभोर्सदेखि जीया के.सीसम्मको लिभिङ टूगेदरका कारण उनी चर्चामा रहे । भूवन के.सीको चर्चा हुनुको अर्को कारण, उनको फिल्म मेकिङ पनि हो ।

फिल्म मेकिङमा उनी जस्तो सफल कमै निर्माता छन् । अहिले त उनको चर्चा अभिनेता अनमोल केसीका कारणले हुन्छ ।
बदनाम हुनु, गुमनाम नहुनु भन्ने भूवनको थिम छ । यो थीमबाट उनी पर हटेका छैनन् । बरु, यो थीमलाई उनले सधै नै बोकेर हिड्ने गरेका छन् ।

उनको पालाका हिरोहरु विस्थापित भैसक्दा पनि आज पनि उनको स्टाइल, जुँगा र फिल्म मेकिङले उनलाई दर्शकमाझ राखिदिएको छ ।
भूवन केसी प्लेब्वाई हुन् या फिल्मको प्ले मेकर, सधै नै हाइलाइटमा छन् ।

यो पनि हेर्नुस :

जापानमा सम्पन्न सुर्य अवार्ड – पपुलर अवार्ड पल र पुजालाई, सर्बोत्कृष्ट नायक – नायिका सम्राज्ञी र अन्मोललाई ( फोटो फिचर )

 

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video