गोविन्दाको फुलबुट्टा भरेर सकिएको अवार्ड

सुत्र इन्टरटेन्मेन्ट – अवार्ड किन गर्ने ? अवार्ड कसका लागि गर्ने ? अवार्ड गरेर के फाइदा ? अवार्ड राम्राका लागि कि हाम्राका लागि ?
यो प्रश्न सोध्ने हो भने अहिले अवार्ड आयोजना गर्ने आयोजकसँग कुनै प्रश्न नै छैन । किनकी, अवार्डमा मनोमानी बढ्दै जाँदा कार्यक्रममा कलाकार पुग्न छाडेका छन् । अवार्ड कसले पाउँछ भन्ने पहिले नै थाहा हुन थालेको छ ।


झन्, एलजी जस्तो ब्रान्ड जोडिएको एलजी सिनेमा सर्कल अवार्डले आफ्नो साख तेश्रो पटकमा नै गुमाएको छ भन्दा कस्तो सन्देश जाला ?
अवार्ड आयोजना गर्नुको औचित्य पुष्टी हुन नसकेको यो अवार्डमा नेपाली कलाकारको महत्व यति कम थियो कि कुरा गरेर साध्य नै छैन ।

अवार्डमा करिश्मा मानन्धर, नीता ढुंगाना, प्रदिप खड्का, निखिल उप्रेती, संचिता लुइटेल, सारा सिर्पाली, पुष्पल खड्का, नाजिर हुसेन लगायतका कलाकार पुगेका थिए । तर, आयोजकलाई त बलिउडबाट आएका हिरो गोविन्दाको रौनकले नै छाडेन । करिश्मा, निखिल, संचिता जस्ता कलाकारलाई महत्व दिनुपर्छ भन्ने त कार्यक्रम संचालक दिनेश डीसीले विर्सिए नै, उपराष्ट्रपति नन्दबहादुर पुनको काम के हो भन्ने पनि विर्सिएका थिए ।

 

भारतबाट आएका एक कलाकारलाई नेपालका उपराष्ट्रपतिले अवार्ड समारोहमा पुगेर ढाकाको खदा ओडाइ दिनु साच्चै नै लज्जाको बिषय थियो ।
गोविन्दा बाथरुम गएकाले इन्टु मिन्टु लण्डनमा फिल्मका हिरो धिरज मगर र निर्देशक रेनशा वान्तवा राइले २ पटक नृत्य गरे । स्टेजमा पुगेका कलाकारले पनि उपराष्ट्रपतिको नाम विर्सिए, गोविन्दालाई आफूतर्फ आकर्षित गर्न भरपुर प्रयास गरे ।

पहिलो पटक आयोजना भएको अवार्डमा बलिउडका कलाकार शत्रुघन सिन्हा र उनको पुस्तकमा दिनेशले समय खर्चिएका थिए । यसपटक, गोविन्दाको तारिफ गरेरै खर्चिए ।
यो अवार्ड राम्राले भन्दा पनि दिनेश डीसीका नजिककाले पाएको कुरा त झनै विरुप लाग्दो छ । त्यसमा झन्, बलिउडका एक कलाकार यसरी हाबी हुने हो र उनकै मात्र गुनगान गाउने हो भने नेपाली फिल्मका लागि प्रोत्साहन भन्दै अवार्ड किन गर्ने ? सबैले सोच्ने समय आएको छ ।

यो पनि पढ्नुहोस्ः

एलजी सिने सर्कल अवार्ड २०७५ सम्पन्न : उत्कृष्ट अभिनेता / अभिनेत्री नाजिर र नीता , ‘तिमीसँग’ उत्कृष्ट फिल्म, पपुलर अवार्ड प्रदीप र प्रियंकालाई (बिजेताको सुची / फोटो / भिडियो सहित)

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video